राजनीतिसमाचार

अनेरास्ववियु सुनसरीको संयोजकमा रोशन रेग्मी

ईटहरी

अनेरास्ववियु सुनसरीको संयोजकमा रोशन रेग्मी अध्यक्ष बनेका छन् । इटहरीमा बुधबार प्रधानमन्त्री केपी ओली पक्षका जिल्ला बिशेष कार्यकर्ता भेलाले रेग्मी संयोजक भएको १२५ सदस्यीय अधिवेशन आयोजक कमिटी चयन गरेको हो । सोही भेलाले नवराज खडकालाई सह संयोजकमा चयन गरेको संगठनका निवर्तमान संयोजक एवं केन्द्रीय सदस्य जिबि गजलले जानकारी दिए ।

उक्त भेलालाई सम्वोधन गर्दै प्रमुख अतिथि एवं प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले मुलधारको नेकपामा संगठित हुन विद्यार्थीलाई आग्रह गरेका थिए । भेलालाई नेकपाका केन्द्रीय सदस्यहरु मोतीराज सुनुवार, मुरारी सुवेदी, बिजय राई, अनेरास्ववियू केन्द्रीय कार्यालय सदस्य श्रमिक वडालले सम्वोधन गरेका थिए ।

उक्त भेलाले माघ १५ गतेभित्र सबै क्याम्पस, नगर र स्थानीय तहमा कमिटी निर्माण गर्ने निर्णय गरेको गजलले जानकारी दिए । साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमलाई स्वागत गर्ने, निर्वाचनको माहौल बनाएर आफ्ना उम्मेदवारलाई जिताउन केन्द्रीत हुने पनि भेलाले निर्णय गरेको उनले बताए । संगठनले स्थानीय तहहरुको संयोजक र सहसंयोजक पनि तोकेको छ । इटहरीको संयोजकमा युनिश ढकाल र नेत्र विष्ट सहसंयोजक छन् भने धरानको संयोजकमा अदितश्री अधिकारी र एनिस रेग्मी सहसंयोजक रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button