राजनीतिसमाचार

केपी ओली पनि ज्ञानेन्द्र जस्तै बिदा हुनेछन् ः मिनेन्द्र रिजाल

काठमाण्डौंं

केपी ओली पनि ज्ञानेन्द्र जस्तै विदा हुने मिनेन्द्र रिजालले बताएका छन् । नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाहजस्तै बिदा हुने बताएका हुन् । बुधबार नेपाल कम्युनिष्ट पाटी (नेकपा) प्रचण्ड–माधव पक्षले आयोजना गरेको अनन्तरक्रिया कार्यक्रममा उनले सत्तामा आएपछि नियम कानून केही नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको बताए ।

‘आज निर्वाचनबाट सत्तामा गएका ओली विदा हुँदैछन् । हिजो ज्ञानेन्द्र विदा भए । नियम र कानुन मान्नु पर्दैन भन्नेहरु इतिहासमा कहिल्यै टिक्दैन,’ रिजालले भने । उनले संसारका निरङ्कुश शासकहरु मध्ये ओली पनि एक भएको बताए । रिजालले भने, ‘व्यक्ति मात्रै नभएर केपी ओली एउटा प्रवृत्ति हो । यो प्रवृत्ति सदाका लागि कसरी अन्त्य गर्ने भन्ने हो ।’

संविधान निर्माणमा सहभागी नभएको जनता समाजवादी पार्टीका नेताहरु संविधानको पक्षमा उभिँदा ओली उल्टो बाटो हिँडेको आरोप लगाए । वैशाखमा चुनाव नहुने पनि उनले बताएका छन् । रिजालले आफूहरु अदालतविरुद्ध नबोल्ने पनि स्पष्ट पारे । ‘अदालतलाई हेर्ने फरक तरिका होला। ज्ञानेन्द्रले हाम्रो सभापतिलाई जेल हाल्दा पनि हामीले अदालत पर्खेका थियौं। संविधानमा बस्दासम्म संविधानको बाटोमा हिड्ने हो । अदालतका बिपरीत कुरा गर्न चाहान्नौं,’ उनले भने । तर उनले केपी ओलीको विदा गर्नुपर्नेमा जोड दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button