राजनीतिसमाचारहेडलार्इन

माघ ७ गतेपछि प्रदेशको राजनीतिक अन्योलता हट्छ ः मुख्यमन्त्री राई

विराटनगर

माघ ७ गतेपछि प्रदेशको राजनीतिक अन्योलता हट्ने प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् । आर्थिक ममिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाले पछि आज मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । संसद विघटन पछिको राजनीतिक घटनाक्रमबाट अन्योलमा नपरी काम गर्न कर्मचारीहरुलाई आग्रह समेत गरेका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमले केही अन्यौलता देखिएपनि अन्यौलतामा नपरी काम गर्न मुख्यमन्त्री राईले कर्मचारीहरुलाई आग्रह गरेका हुन् । मुख्यमन्त्री राईले भने,‘प्रदेशमा जसरी घटनाक्रम अघि बढेको छ, यसको भ्रममा नपर्नुहोला ।’ आगामी माघ ७ गतेको प्रदेशसभापछि अन्यौलता हट्ने उनले विश्वास व्यक्त गरे । सरकार परिवर्तन हुने हल्लाको पछि लाग्नुपर्ने अवस्था नभएको उनले बताए । आफु नेतृत्वको सरकार अघि बढ्ने बताउँदै उनले भने,‘कोही, कतै र कसैबाट पनि प्रभावित नहुनुहोला ।’ उच्च मनोवलका साथ काम गर्न कर्मचारीहरुलाई उनको आग्रह छ । आर्थिक मन्त्रालयको नेतृत्व अव ठिक ढंगबाट हुने उनले बताए ।

मुख्यमन्त्री राईले प्रदेश संरचना संघीयताको मुटु भएको पनि बताए । प्रदेश १ को आर्थिक अवस्थाबारे जानकारी लिएपछि संघीयताको मुटु प्रदेश भएजस्तै प्रदेश सरकारको मुटु आर्थिक मामिला तथा योजना मन्त्रालय भएको पनि बताए । प्रदेश सरकारको मुटु पहिलो बर्ष राम्रै चलेपनि दोश्रो बर्षको अन्त्यदेखि समस्या देखिदै गएको आफुले पाएको उनले बताए । मुख्यमन्त्री राईले भने,‘चालु आर्थिक बर्षको बजेट प्रस्तुत भएर पारित भईसकेपछि मुटु क्रोनिक अवस्थामा पुगेको थाहा भयो ।’

प्रदेशको बजेट दुर्घटनाबाट अघि बढेको अवस्थामा भएको पनि मुख्यमन्त्री राईले बताए । समस्या पहिचान भएकाले उपचारको प्रकृया शुरु भईसकेको मुख्यमन्त्री राईको भनाई छ । उनले भने,‘मन्त्रालयका सचिवले चिकित्सकको भूमिका निर्वाह गरिरहनु भएको छ ।’ मुटुको सफल उपचारपछि सरकारलाई गतिशिल बनाउने उनले बताए । क्रोनिक एकै पटक देखा नपरेको मुख्यमन्त्री राईले बताए । आर्थिक मामिला मन्त्रालय कस्का कारण यो अवस्थामा आइपुग्यो भन्ने सवै रिपोर्टिङ आफुले पाएको उनले बताए ।

प्रदेश सरकारले सही र यथार्र्थपरक बजेट बनाउन नसकेको र वित्तिय अनुशासन कायम नभएकोबारे विभागिय मन्त्रीलाई पटक–पटक सचेत गराएको उनले बताए । मन्त्रालयमा देखिएको वेथितिलाई पूर्णरुपमा निर्मुल गर्न पनि निर्देशन दिएका छन् । प्रणालीको विकास हुन नसक्दा मुलुकको दिगो र व्यवस्थित विकास हुन नसकेको उनले बताए । प्रदेशमा प्रणालीको विकास गरी अनुसन्धानमा आधारित विकास कार्यअघि बढाईने उनले बताए । वित्तिय अनुशासन कायम राख्न मन्त्रालयका कर्मचारीलाई उनले निर्देशन दिए । ‘गल्ती कमजोरी कही कतैबाट हुन दिनुभएन ।’ मुख्यमन्त्री राईले भने

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button