गीत संगीतसमाचार

गायिका दिपिकाको ‘जुनिभरीलाई’ सार्वजनिक

धरान,

धरानकी नवोदित गायिका दिपिका बस्नेतको गीत जुनीभरीलाई म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार (आज) एक कार्यक्रम बिच दिपिकाले गीत सार्वजनिक गरेकी हुन् । धरानका अग्रज तथा नयाँ संगीतकर्मीहरुको उपस्थितीमा आयोजित समारोहमा बिशेष अतिथिहरु गायिका बिष्णु चेम्जोङ, गायक गंगा बरदान र डिल्ली फोम्बोले प्रोजेक्टरको बटन थिचेर भिडियो सार्वजनिक गरेका थिए । कार्यक्रममा बोल्दै गायिका बिष्णु चेम्जोङ्, गायक गंगा बरदान र डिल्ली फोम्बोले नयाँ प्रतिभाहरु भाइरलको पछि नलागी आफ्नो सृजनामा विश्वास गरेर अघि बताएका थिए ।

रेडमुन ईन्टरटेन्टमेन्टको निर्माणमा बनेको उक्त गीतको रचना रोशन प्रधान र संगीत निकेन राई र संगीत संयोजन सम समीरको रहेको छ भने सो म्युजिक भिडियोमा कलाकारहरु कुमार भटटराई तथा समिना राईको मुख्य भुमिका रहेको छ । प्रेमिकाले प्रेमीलाई गर्नै माया र भावनात्मक कुराहरुलाईदेखाईएको भिडियोको निर्दैशक प्रकाश लिम्बु, छायांकन र सम्पादन एडम लिम्बु,पोस्ट प्रोडक्सन ड्रिम हाई स्टुडियो,धरानमा गरिएको छ भने कुमार भटटराई तथा समिना राईको मुख्य भुमिका रहेको छ ।

सार्वजनिक भएको यस म्युजिक भिडियो रेडमुन ईन्टरटेन्टमेन्टको युटयुव च्यानबाट पनि हेर्न सकिने गीतकार तथा निर्माता रोशन प्रधानले जानकारी दिएका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button