राजनीतिसमाचारहेडलार्इन

धनकुटाका सांसद र स्थानीय तहका जनप्रतिनिधि प्रधानमन्त्री ओलीको पक्षमा

धनकुटा

धनकुटाको निवार्चित सबै जनप्रतिनिधि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा देखिएका छन् । धनकुटाबाट निवार्चित संघीय सांसद, प्रदेशसभा सांसद, जिल्ला समन्वय समिति र स्थानीय तहाका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरुले संयुक्तरुपमा विज्ञप्तीमार्फत प्रधानमन्त्री ओलीप्रति ऐक्यवद्धता जनाएका छन् । विज्ञप्तीमा एकताको भावना विपरीत पार्टी नेतृत्वलाई अपदस्त गर्ने र ५ बर्षको लागि जनताले दिएको जनादेश, पार्टीको विधान विपरीत गणितिय खेलमार्फत सत्ता कब्जा गर्ने, मुलुकलाई अस्थिरतातिर धकेल्ने गतिविधि गरेको भन्दै प्रधानमन्त्री ओलीले सर्वभौम जनता समक्ष जाने निर्णय गरेको उल्लेख छ ।

विज्ञप्ती जारी गर्नेहरुमा संघीय सांसद राजेन्द्र राई, प्रदेशसभा सदस्यहरु निरन राई, इन्द्रमणी पराजुली, विनादेवी राई रहेका छन् । यस्तै, जिल्ला समन्वय समिति प्रमुख टंकबहादुर चुवान र उपप्रमुख वंगलादेवी राईले पनि ऐक्यवद्धता जनाएका छन् भने धनकुटा नगरपालिकाका प्रमुख र उपप्रमुख, पाख्रीबास नगरपालिकाका प्रमुख र उपप्रमुख, महालक्ष्मी नगरपालिकाका प्रमुख र उपप्रमुख, सहिदभुमी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, चौबिसे गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले संयुक्तरुपमा विज्ञप्तीमार्फत ऐक्यवद्धता जनाएका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button