अर्थ खबरसमाचारहेडलार्इन

बैंकको एटिएम फुटाएर चोरी गर्ने युवा पक्राउ

धरान,
बैकको एटिएम फुटाएर चोरी गर्ने युवा पक्राउ परेका छन् । सुनसरी धरानमा रहेको एनआइसि एसिया बैंक धरान शाखाको एटिएम मेशिन फुटाएर चोरी गर्ने एक युवा पक्राउ परेको हो ।

प्रहरीका अनुसार धरान १२ महेन्द्र पथस्थित एनआइसि एसियाको एटिएम मेशिन आइतबार साँझ करिब ७ बजे फुटाएर चोरी भएको थियो । उक्त घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय धरानले सिसिटिभी फुटेजको आधारमा चोरीमा संलग्न युवालाई हिजो सोमबार साँझ पक्राउ गरेको थियो । पक्राउ पर्नेमा कोशी गाउँपालिका ३ कोशीकटान जुद्धगञ्ज घर भई हाल धरान ३ मा डेरा गरी बस्ने २३ वर्षीय सुभान मन्सुरी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र बस्नेतका अनुसार उनलाई हिजो साँझ करिब ५ बजे धरान १८ स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हाता भित्रबाट पक्राउ गरिएको हो । पक्राउ परेका मन्सुरी यसअघि पनि गाउँमा नै चोरीमा पक्राउ परेका थिए । उनी धरानमा ज्याला मजदुरी काम गर्ने गरेको पनि प्रहरी उपरिक्षक बस्नेतले जानकारी दिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button