समाचारसमाजस्थानीय

आफ्नै नातिनी बलात्कार गर्ने धरानका वृद्धालाई ७ दिनको म्याद थप

धरान,

आफ्नै नातिनी बलात्कार गर्ने बृद्धालाई ७ दिनका म्याद थप गरिएको छ । आफ्नै घरमा नातिनीलाई जर्बजस्ती करणी गर्ने धरान १७ का एक वृद्धालाई अनुसन्धानको लागि ७ दिनको म्याद थप गरिएको हो ।

इलाका प्रहरी कार्यालयले धरान १७ बाट ६१ वर्षीय वृद्धलाई नातिनी बलात्कारको आरोपमा पक्राउ गरेको छ । उनलाई गत आइतबार जिल्ला अदालत सुनसरीबाट अनुसन्धानको लागि ७ दिनको म्याद थप भएको प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार जर्बजस्ती करणीको उजुरी परेपछि उनलाई शनिबार पक्राउ गरिएको थियो । ती वृद्धले आफ्नै छोरीकी छोरी ११ बर्षीया नातिनीलाई जर्बजस्ती गरेको आरोप लागेको छ ।

प्रहरीका अनुसार पक्राउ परेका वृद्ध अत्यधिक मदिरा(रक्सी) सेवन गर्ने व्यक्ति हुन् । आफ्नै कोठामा नातिनीलाई जर्बजस्ती करणी गरिरहेको बेला पीडितको दाजुले देखेपछि घटना प्रहरीसम्म आइपुगेको हो । प्रहरी उपरिक्षक बस्नेतले भने,‘पीडितको दाजुले नै जर्बजस्ती करणी देखेपछि हल्ला खल्ला भयो, र २५ गते बेलुका हामीले पक्राउ गर्यौं ।’ पीडितको स्वास्थ्य जाँच पनि भइसकेको छ भने पक्राउ परेका वृद्धलाई पनि उपचारको लागि एक पटक अस्पतालमा लैजानु परेको प्रहरी उपरिक्षक बस्नेतले बताए । ‘अत्यधिक मदिरा सेवन गर्ने बानी भएका अभियुक्तले प्रहरी हिरासतमा पिउन नपाएपछि थर थर कापेको र उनलाई अस्पताल लैजानुपरेको थियो । अहिले पनि उनी हिरासतमा नै छन्’, प्रहरी उपरिक्षक बस्नेतले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button