Uncategorizedसमाचारस्वास्थ्यहेडलार्इन

आफ्नै कुकुर र बिरालोले टाउकोको मासु खाएको अवस्थामा एक महिलाको शव भेटियो


धरान,

आफैले पालेको कुकर र बिरालोले टाउकोको मासु खाएको अवस्थामा धरान (१२ छिमेकी लाइनमा एक महिलाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले दिएको जानकारी अनुसार आफ्नै घर भित्र सिरक ओढेर सुतेको अवस्थामा धरान १२ छिमेकी लाइन बस्ने ४२ वर्षीया यशोदा तामाङको शव फेला परेको हो ।

यशोदाका छिमेकीका अनुसार उनको श्रीमानको कार्तिकमा मृत्यु भएको र अहिले उनी एक्लै बस्दै आएकी थिइन् । पक्की ३ कोठे एक तले घरमा बस्दै आएकी यशोदा शनिवार सम्म हिँडडुल गरेको छिमेकीले देखेका थिए । तर शनिवार यता बाहिर कहीँ कतै नदेखेको र यशोदाको घरबाट दुर्गन्ध फैलिन थालेपछि मंगलबार छिमेकीले यशोदाको झापामा रहेका भतिज र प्रहरीलाई खबर गरेका थिए ।

मंगबार दिउसो साढे २ बजे यशोदाको घरमा प्रहरी पुगी ढोका फुटाएर घर भित्र हेर्दा यशोदाको शव सिरक ओढेर सुतेको जस्तो अवस्थामा फेला परेको थियो । प्रहरी उपरिक्षक बस्नेतका अनुसार यशोदाले पालेका ४ वटा कुकुरका छाउरो र २ वटा बिरालो पनि भित्रै थुनिएकाले भोकले यशोदाको टाउकोको मासु कुकुर र बिरालोले खाएको अवस्थामा शव फेला परेको थियो ।

यशोदाको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा पठाएको प्रहरीले जनाएको छ । मृतकको के कारणले मृत्यु भएको हो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको प्रहरी उपरिक्षक बस्नेतले जानकारी दिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button