Uncategorizedसमाचारस्थानीयहेडलार्इन

१ दुई वटा विधेक पास गदै धरानको नगर सभा सकियो , ५ बर्ष कार्यअवधि र योग्यता पुगेका स्थानीय कर्मचारी एक तह बढुवा गरिने

धरान,
२ वटा नयाँ विधेक पारित गदै धरानको ८ औं नगर सभा सम्पन्न भएको छ । शुक्रबार (आज) सुनसरी उद्योग वाणिज्य संघको हलमा भएको सभामा प्रस्तुत भएको संघसंस्था दर्ता सम्बन्धी बिधेयक र आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक पारित भएको हो ।

सोही सभाले विगतमा समायोजन गरिएका स्थानीय निकायका कर्मचारीहरुको समायोजन संशोधन गर्ने पनि निर्णय गरेको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जनकारी दिए । उनका अनुसार यो संशोधन कार्यान्वयन हुँदा कार्यअवधि ५ बर्ष पुरा भएका र योग्यता भएकाहरुलाई एक तह बढुवा (वृत्ति विकास) हुनेछन् ।


यस्तै, सार्वजनिक लेखा समितिको अर्ध बार्षिक प्रतिवेदनलाई पनि सभाले अनुमोदन गरेको खतिवडाले जानकारी दिए । लेखा समितिले केही बेरुजु पेस्कीहरु फछ्यौट गर्न सिफारिश गरेको थियो । उक्त सिफारिश अनुसार केही बेरुजु पेस्कीहरु पनि फछ्यौट भएको खतिवडाले जानकारी दिए । यसैगरि, न्यायिक समितिको कार्य सम्पादन सम्बन्धी ऐनमा केही बुँदाहरु पनि संशोधन पारित गरेको छ भने यो बर्ष बिनियोजन गरिएको बजेट तथा कार्यक्रमहरु संशोधन, रकमान्तर गरिएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button