राजनीतिसमाचारहेडलार्इन

प्रचण्ड(नेपाल पक्षको स्थायी कमिटीको बैठक दिउसो ३ बजे बस्दै

काठमाण्डौं,

पुष्पकमल दाहाल ‘प्रचण्ड’माधव नेपाल पक्षको स्थायी कमिटीको बैठक बस्ने भएको छ । पाटीको कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटीको बैठकको समय सरेर ३ बजे बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘सर्वोच्च अदालतको नेपाल कम्युनिष्ट पाटी (नेकपा) को बारेमा गरेको फैसलाको समग्र पक्ष र हाम्रो नीतिका सम्बन्धमा पाटी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटीको बैठकबाट निर्णय लिइनेछ ।’

सर्वोच्च अदालतले हिजो आइतबार नेपाल कम्युनिस्ट पाटी(९नेकपा) को दर्ता नै खारेज गरी एकीकरण अघिका एमाले र माओवादी केन्द्रलाई ब्यूँताउने आदेश दिएको छ । ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएपछि एमाले र माओवादी केन्द्रबीचको एकीकरण संकटमा परेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button