Uncategorizedसमाचारसमाज

श्रीमान(श्रीमती धरानमा ब्राउनसुगर सहित होटलबाट पक्राऊ

धरान,

श्रीमान् श्रीमती धरानमा ब्राउनसुगर सहित होटलबाट पक्राऊ परेका छन् । श्रीमान(श्रीमती दार्जिलिङदेखि धरानमा ब्राउन सुगर (लागूऔषध) बेच्न धरान आइपुगेका थिए । भारत दार्जिलिङ बस्ने ३१ वर्षीय विशन घले र उनकी श्रीमती २२ वर्षीया पुण्य तामाङ जो धरानमा लागूऔषध बेच्न आएका थिए । बेच्न नपाउँदै प्रहरीले सुइँको पाएपछि उनी समातिएका थिए ।


उनीहरुलाई धरानस्थित तेह्रथुम होटल एण्ड लजको १०६ नम्बर कोठाबाट लागूऔषध ब्राउन सुगर ६ ग्राम ८० मिलिग्रामसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । ‘लागूऔषध बेचबिखन गर्न आएको भन्ने सूचना आइसकेको थियो’, उनले भने, ‘त्यही सूचनाको आधारमा छापा मार्दा ब्राउन सुगर भेटियो ।’ उनीहरुको बसाइँ दार्जिलिङ मिरिक रहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button