
धरान,
सुनसरीको धरानमा युवाहरुको व्यक्तित्व विकासका लागि बहु शाखा संसदीय सभा प्रणालीको तालिम सम्पन्न गरिएको छ । तालिमको माध्यमबाट युवाहरूको व्यक्तित्व र नेतृत्व क्षमताको बिकास गर्दै देशलाई कुशल नेतृत्व प्रदान गर्ने उद्देश्यले संस्था जेसीजले शनिबार १ दिने बहुशाखा संसदीय सभा प्रणाली तालिम आयोजना गरेको हो ।
धरान जेसीजको आयोजना तथा नेपाल जेसीज तालिम ईन्स्टिच्युटको सहयोगमा तालिम धरानमा सम्पन्न गरिएको थियो । धरान जेसीजका अध्यक्ष मणिराज अधिकारीको सभापतित्वमा भएको तालिममा धरान जेसीज सहित बिराटनगर जेसीज, ईटहरी, दुहबी, धनकुटा सिटी, झुम्का जेसीज तथा ईटहरी लेडी जेसीजका अध्यक्ष तथा पदाधिकारी गरी ४७ जनाले तालिम लिएको धरान जेसीजकी तालिम निर्देशक सन्जु राई (सुमित्रा) ले जानकारी दिइन् ।
जेसीजको हरेक बैठक संसदीय सभा प्रणालीमा संचालन गरिने परम्परालाई यस तालिम निरन्तर लान महत्वपूर्ण भुमिका खेल्ने राईको दाबी छ । उनकाअनुसार जेसीज बाहेकका सामाजिक, राजनैनिक तथा अन्य संघ संस्थाहरुमा समेत असल बैठक गराउन तालिमले सहयोग पुग्ने छ । ।
धरान जेसीज तथा नेपाल जेसीजका पुर्व अध्यक्ष एवं अन्तरास्ट्रिय जेसीजका पूर्व उपाध्यक्ष राजबिमल श्रेष्ठ, प्रशिक्षकद्वय धरान जेसीजका पूर्व अध्यक्षहरु मोहन श्रेष्ठ र गौरव सन्जेलले प्रशिक्षण दिएका थिए ।