
धरान,
जनताले तिरेको ट्याक्सले तलब खाएर कम्युनिष्ट पाटीको काम गर्ने कर्मचारीलाई कारबाही गरी छाड्ने नेपाली कांग्रेसका नेता शेरबहदुर देउवाले बताएका छन् । सुनसरीको धरानमा ५६ औं अन्तराष्ट्रिय जातीय विवेद उन्मुलन दिवस कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा काँग्रेसका सभापति देउवाले यस्तो बताएको हो । अहिलेको राज्य सत्ताले नेपाली कांग्रेसका नेता, कार्यकर्तालाई अनाहकमा थुन्ने र मुद्दा चलाउने षडयन्त्र गरेको नेपाली कांग्रेसका सभापति देउवाले आरोप लगाएका छन् ।
सभापति देउवाले प्रहरी प्रशासनले समेत कम्युनिष्ट भएकै आधारमा अपराधीहरुलाई छाडा छोडिदिने तर नेपाली कांग्रेसका नेता कार्यकर्तालाई मुद्दा चलाउने गरेको भन्दै कार्यक्रममा आक्रोस पोखे । ‘कम्युनिष्ट पाटीमा आइज नत्र मुद्दा चलाइदिन्छु’ भन्दै कांग्रेसका नेता कार्यकर्तालाई फसाउने गरेको नेता देउवाले आरोप लगाए । उनले यस्तो कुरा नसहने र नछोड्ने बताए । सभापति देउवाले भने, ‘एउटा कुरा स्पष्ट भन्न चाहान्छु, उनीहरुले जनताले तिरेको ट्याक्सको पैसाले तलब खान्छन, कुनै पाटीले तबल खुवाएको होइन, जनताले तिरेको ट्याक्सबाट तलब खाएर पाटीको काम गर्न पाइन्छ, ? हामी छोड्दैनौ छोड्दैनौं, छोड्दैनौं ।’
देउवाले थपे, ‘हामी कुनै हालतमा छोड्दैनौं । छोड्दैनौं, छोड्दैनौं, छोड्दैनौं ।’ देउवाले आक्रोष पोख्दै छोड्दैनौ छोड्दैनौं, छोड्दैनौं भनिरहँदा उपस्थित नेता कार्यकर्ताले ताली बजाएर स्वागत गरेका थिए । ५६ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको सन्दर्भमा धरानमा आयोजित समावेशी लोकतन्त्र र संवैधानिक व्यवस्था विषयक प्रदेश स्तरीय अन्तक्र्रिया कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै कांग्रेस सभापति देउवाले कांग्रेस नेता कार्यकर्तालाई गलत काम नगर्न, जनताको भावनाविपरीत काम नगर्न आग्रह गर्दै पाटीको काममा दृढतापूर्वक लाग्न निर्देशन समेत दिए ।






