
धरान,
राष्ट्रिय जनमुक्ति पाटीको छैठौं राष्ट्रिय महाधिवेशन आगामी जेष्ठ ५,६ र ७ गते धरानमा हुने भएको छ । आईतबार पूर्वी स्टार होटलमा पत्रकार सम्मेलन मार्फत पाटीले महाधिवेशनको मिति तोकेको हो । जेठ ५ गते धरानको भानुचौकमा आयोजना हुने उद्धघाटनसभामा नेपालका ५८ वटा जिल्लाबाट ६ सय ५० बढी प्रतिनिधि तथा पर्यवेक्षकहरुको उपस्थिती हुने पत्रकार सम्मेलनमा पाटीले जानकारी दिएको छ ।
महाधिवेशनले संघिय लोकतान्त्रिक गणतान्त्रिक संविधान २०७२ लाई पुन लेखन गर्दै राज्य संरचनालाई पूर्ण संघियतामा लाने पाटीका अध्यक्ष केपी पालुङ्वाले बताए । ‘छैठौं महाधिवेशनले हालको निर्वाचन प्रणालीलाई अन्त्यगरी जातिय जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व गराई देशका सबैजाती, वर्ग, लिंग र समुदायको प्रतिनिधित्व तथा राजनीतिक कार्यदिशा सुनिश्चित गर्ने भएकाले यस महाधिवेशन ऐतिहासिक हुने हाम्रो बुझाई छ ’ पत्रकार सम्मेलनमा बोल्दै पालुङ्वाले भने । छैठौं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भन्दा पनि जिम्मेवारी वाडफाँट गरेर पाटीलाई अघि बढाउने अध्यक्ष पालुङ्वाले जानकारी दिए ।
‘कोभिड –१९ ले मुलुक जर्जर भएको अवस्थामा भ्रष्ट्राचार बढेको छ । ओली नेतृत्वको सरकारलाई राज्यको बाघडोर समाल्ने कुनै अधिकार छैन उनले सत्ता तुरुन्तै छाड्नु पर्छ ओली सरकारमा बस्ने अधिकार छैन, नेकपा पछि नेपाली कांग्रेस दोश्रो शक्ति भएपनि प्रतिपक्षको भूमिका खेल्न सकेन त्यसैले नेपाली कांग्रेसलाई पनि राज्यको बाघडोर समाल्ने अधिकार छैन । अब ताजा जनादेशका लागि सर्वदलिय सर्वपक्षिय चुनावी सरकार बनाई निर्वाचनमा जानुपर्छ’ पत्रकार सम्मेलनमा बोल्दै फरक प्रसंगमा अध्यक्ष पालुङ्वाले बताए । अहिलेको यो संविधान त्रुटिपूर्ण भएको अध्यक्ष पालुङ्वाको दाबी गरे ।
बढ्दो कोभिड संक्रमणलाई हेरेर स्वास्थ्य सुरक्षा अपनाउँदै महाधिवेशनको आयोजना गर्ने अध्यक्ष पालुङ्वाले बताए । महाधिवेशनमा नेपाल बाहेक अन्य मुलुक हङकङ जापान, अष्ट्रेलिया, अमेरिका गरी २६ मुलुकबाट नेपाली प्रतिनिधी समेत आउने पत्रकार सम्मेलनमा पाटीका केन्द्रिय सचिव विष्णु थाङ्देनले बताए । महाधिवेशनमा संस्थापक अध्यक्ष एमएस थापाको प्रमुख आतिथ्यता रहने थाङ्देनले जानकारी दिए । यस्तै महाधिवेशनमा छिमेकी मुलुक भारतको सिक्किम, बंगाल, उत्तर प्रदेशबाट पनि पर्यवेक्षक आउने सचिव थाङ्देनले बतए । सिक्किमको पूर्व मुख्यमन्त्री पवन चाम्लिङलाई समेत निम्तो दिईएको सचिव थाङ्देनले जानकारी दिए । पत्रकार सम्मेलन पाटीको केन्द्रिय अध्यक्ष केपी पालुङ्वाको अध्यक्षतामा सम्पन्न भएको थियो ।


