
महोत्तरी,
महोत्तरीमा बालकको जलेर मृत्यु भएको छ । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सात महिने छोरा आकाशकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकरी दिए ।
गए राति ९ बजेको समयमा श्रवणको घरमै रहेको भुइँमा लगाइएको ओछयानमा बालक आकाश सुतिरहेको अवस्थामा ओछयान नजिकै बालेर राखिएको दियो बालकले हातगोडा चलाउँदा लडेर ओछयानमा आगो सल्किन गई बालकको शरीरको दाहिने भाग जलेर गम्भीर घाइते भएका थिए । घाइते बालकलाई उपचारका लागि गए राति नै प्रादेशिक अस्पताल जनकपुर लगिए पनि बालक बाँच्न सकेन । बालकको आज बिहान उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।