समाचारसमाजस्थानीय

हतियार प्रहार गरी फरार रहेका धरानका दुई जना युवा पक्राउ

धरान,
हतियार प्रहार गरी फरार रहेका धरानका २ जना युवा पक्राउ परेका छन् । धरानमा छुट्टा छुट्टै दुई घटनामा हतियार प्रहार गरी फरार भएका २ व्यक्ति पक्राउ परेको हो ।


ईलाका प्रहरी कार्यालय धरानका अनुसार पक्राउ पर्नेमा धरान ४ वसन्तटारका २० वर्षीय अनन्त राई र धरान ८ का ३५ वर्षीय सुरज लामा रहेका छन् । अनन्तले २०७५ चैत ७ गते दिउँसो करिब २ बजे २१ वर्षीय सुमन भुजेललाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीको भनाई छ । घटना पछि फरार भएका उनलाई आज बिहान पक्राउ गरेर आवश्यक कारबाहीको लागि जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, गत चैत २७ गते मध्यराती धरान १८ स्थित वीपी सुन्दरबजारमा २१ वर्षीय मनिष राईलाई छुरा प्रहार गरी गम्भीर घाइते बनाएका सुरज लामा फरार थिए । उनलाई पनि आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button