
धरान,
धरान हरियाली वन समूहको आवास गृशमा अक्सिजनसहित तत्काल २५ बेडको आइसोलेसन सेन्टर सञ्चालन गरिने भएको छ । धरान उपमहानगरपालिकाले धरान १९ स्थित हरियाली वन समुहको आवास गृहमा तत्काल २५ बेडको आईसोलेसन सेन्टर सञ्चलान गर्ने भएको हो । गत बर्ष निर्माण गरिएको ठाउँमा यसपटक फेरि कोरोनाको दोस्रो लहर शुरु भएपछि डिसिसिएमसी बैठकले जिल्लाको सबै स्थानीय तहहरुलाई आइसोलेसन सेन्टर बनाउन आग्रह गरेकाले तत्काल २५ बेडको आईसोलेसन बनाउन लागेको धरान उपमहानगरपालिकाले जनाएको छ । आवश्यकता परे २५ बेडबाट ५० बेड बनाईने उपमहानगरले जनाएको छ ।


आज मेयर तिलक राईको उपस्थितिमा वडा १९ का अध्यक्ष पुुुर्ण लिम्बुुुु अध्यक्षतामा बसेको बैैैठकले साविककै आईसोलेसन संचालन गर्ने निर्णय गरेको छ । स्वास्त्थ्य महाअशाखा प्रमुख उमेश मेहताका अनुसार गत बर्षकै निर्णय अनुसार वडा अध्यक्षको संयोजनमा सेन्टर रेखदेख तथा संचालन हुनेछ भने उपमहानगरले सम्पुर्ण सामग्री उपलब्ध गराउनेछ ।
संक्रमितहरु होम आईसोलेसनमा बस्ने अवस्था नभएमा आईसोलेसनमा सेन्टरमा लगेर राखिने मेहताले जानकाारी दिए । सेन्टरमा अक्सिजनको पनि ब्यवस्था मिलाईनेछ । संक्रमितलाई हेरचाह तथा परामर्श गर्न स्वास्थकर्मी पनि राखिने प्रमुख मेहताले बताए । सिकिस्त अवस्थाका बिरामीलाई तत्काल समन्वय गरेर बिपिको कोभिड हस्पिटलमा लैजान एम्बुलेन्स पनि तयारी अवस्थामा रहने प्रमुख मेहताको भनाई छ । हरियालीमा रहेको आईसोलेसन सेन्टर शुक्रबार धरानको मेयर तिलक राईसहितको टोलीले अनुगमन गरेका छन् ।