समाचारसूचना प्रबिधिहेडलार्इन

पत्रकार महासंघ शाखा सुनसरीद्वारा तीन महत्त्वपूर्ण निर्ण

धरान
नेपाल पत्रकार महासंघ शाखा कार्यालय सुनसरीले ३ महत्तवपूर्ण निर्णय गरेको छ । जिल्लाका पत्रकारको हितमा आज भएको भर्चुअल (जुम) बैंठक मार्फत ३ महत्त्वपूर्ण निर्णय गरेको हो । पूर्व अध्यक्ष, सल्लाहकार सहित बसेको बैठकमा कार्यसमितिले ३ महत्त्वपूर्ण निर्णय भएको कार्य समितिका सह(सचिव भोला श्रेष्ठले बताए ।

जिल्लामा कार्यरत कोही पत्रकारलाई कोरोना लागेमा उद्धार गर्नलाई सहजीकरण गर्ने समिति निर्माण गरेको छ । अध्यक्ष जनकऋषि राईको संयोजकत्वमा सह(सचिव भोला श्रेष्ठ, सदस्य वीरेन्द्र साह, आरबी कट्वाल, सुुस्मिता राई र सुुबिन बिश्वकर्मा सदस्य रहेको उद्धार तथा सहजीकरण समिति निर्माण गरेको हो ।
त्यस्तै, बैठकले उपाध्यक्ष गणेश निरौलाको संयोजकत्वमा कोषाध्यक्ष अजित झा, सदस्यहरु विवेक विवश रेग्मी, संगम बिष्ट र देबिका चाम्लिङ सदस्य रहनेगरी जिल्लाका पत्रकारलाई फेलोसिप तथा संचारगृहलाई सहयोग सहजीकरण समिति निर्माण गरेको छ ।

त्यस्तै, सचिव ध्रुव ढकालको संयोजकत्वमा जिल्लामा भएका पत्रकारहरुको अवस्था तथ्याङ्क संकलन समिति निर्माण भएको छ । बैठकमा महासंघ सुुनसरीका सल्लाहाकार सन्तोष काफ्ले, पूूर्व अध्यक्ष राजेश बिद्रोही, आनन्द श्रेष्ठ, कृष्ण अधिकारी र निवर्तमान अध्यक्ष तथा केन्द्रिय सदस्य अमर खड्काले पत्रकारहरुको अवस्था बुझेर आवश्यक सहयोग उपलब्ध गराउन सुझाव दिएका थिए ।

उनीहरूले अहिलेको समयमा संचारकर्मीहरुलाई परेको समस्या समाधानमा महासंघ लाग्नुुपर्नेमा जोड दिएका थिए । हाल महासंघले जिल्लाभरीका विभिन्न स्थानीय तहसँग समन्वय गरी पत्रकारहरुको लागि आइसोलेसन निर्माण गर्ने विषयमा समेत छलफल भइरएको सचिव ध्रुव ढकालले जानकारी दिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button