समाचारस्वास्थ्यहेडलार्इन

१ नम्बर प्रदेशमा आज पाँच सय ७८ जना कोरोना संक्रमित थपिए,त्यस मध्ये सुनसरीमा एक सय १९ जना

विराटनगर,
१ नम्बर प्रदेशमा आज ५ सय ७८ जना कोरोना संक्रमित थपिएका छन् । त्यसमध्ये सुनसरीमा १ सय १९ जना संक्रमित थपिएका हुन् । मोरङमा २ सय ११, झापामा १ सय ६८, सुनसरीमा १ सय १९, सोलुखुम्वुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, संखुवासभा र ताप्लेजुङमा १–१ जना छन् भने प्रदेश १ बाहिरका २० जनामा कोरोना पुष्टि भएकोे सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ८७ महिला र ९८ पुरुष सहित १ सय ८५ जना संक्रमित थपिएका छन् भने बेलबारीमा ८, सुन्दरहरैचामा ७, बुढीगंगामा ५, केराबारीमा २, सुनबर्षी, जहदा ग्रामथान र कटहरीमा १–१ जना छन् ।

त्यस्तै, झापाको विर्तामोडमा ३१, भद्रपुरमा ३०, दमकमा २५, कनकाईमा १८, मेचीनगरमा १७, अर्जुनधारामा १६, गौरादहमा ८, बुद्धशान्तिमा ७, शिवसताक्षीमा ५, गौरीगञ्ज र हल्दिबारीमा २–२, कचनकवm, झापा गाउँपालिका, बा¥हदशी र कमल गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ३ जना छन् । यस्तै, सुनसरीको धरानमा ४७, इटहरीमा ४२, इनरुवामा ९, बर्जुमा ८, रामधुनीमा ३, दुहवीमा र कोशी गाउँपालिकामा २–२, देवानगञ्ज , बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । सोलुखुम्वुको सोलु दुधकुण्डमा २३ र नेचा सल्यानमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने इलामको माईमा १५, इलाम नगरपालिकामा ४, रोङमा २ र देउमाईमा १, धनकुटाको धनकुटा नगरपालिकामा ७, छथर र स्थानीय तह नखुलेका १–१ जना छन् ।

उदयपुरको बेलका, त्रियुगा र रौतामाईमा १–१, संखुवासभाको धर्मदेवी र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३७ हजार २ सय २३ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार २ सय २६ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ६ हजार ४ सय ५० पुगेको छ । आज १ नम्बर प्रदेशमा १ हजार १ सय ७३ जनाले पीसीआर परीक्षण गराएका थिए । त्यसमध्ये २ सय ६३ जना महिला र ३ सय १५ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button