समाचारस्वास्थ्यहेडलार्इन

१ नम्बर प्रदेशमा आज ९ सय ९३ जनामा कोरोना पुष्टि

विराटनगर,
१ नम्बर प्रदेशमा आज ९ सय ९३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ सय ९३ जनामा कोरोना पुष्टि भएको हो । मोरङमा ४ सय ४५, झापामा २ सय २९, सुनसरीमा १ सय ६१, भोजपुर र संखुवासभामा ३२–३२ जना संक्रमित थपिएका छन् भने ताप्लेजुङमा १४, उदयपुरमा १३, इलाममा १०, धनकुटा र ते¥हथुममा ६–६, पाँचथर, खोटाङ र –१ र प्रदेश १ बाहिरका ४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


झापाको दमकमा ८०, भद्रपुरमा ५६, विर्तामोडमा ३६, मेचीनगरमा १२, गौरादहमा ११, कमल गाउँपालिकामा ९, झापा गाउँपालिकामा ५, कचनकवलमा ४, बुद्धशान्ति र अर्जुनधारामा ३–३, स्थानीय तह नखुलेका ८, शिवसताक्षी र बा¥हदशीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यसैगरी भोजपुरको षडानन्दमा ३२, संखुवासभाको खाँदबारी र चैनपुरमा १५–१५, मादी र मकालुमा १–१, ताप्लेजुङको मेरिङदेन १२, फक्ताङलुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगामा ११, चौदण्डीगढीमा २, इलामको इलाम नगरपालिका र माईमा ३–३, सुर्योदय र स्थानीय तह नखुलेका २–२ जना छन् ।


यस्तै, मोरङको विराटनगरमा १ सय ३९ महिला र १ सय ८३ पुरुष सहित ३ सय २२, सुन्दरहरैचामा ४०, पथरीशनिश्चरेमा १७, उर्लाबारी र बुढीगंगामा ११–११, कटहरीमा १०, जहदामा ७, धनपालथान र रंगेलीमा ५–५, रतुवामाईमा ४, बेलबारी र ग्रामथानमा ३–३, मिक्लाजुङमा २, केराबारी र स्थानीय तह नखुलेका १–१ जना छन् । त्यतै, सुनसरीको धरानमा ५७, इटहरीमा ३१, इनरुवामा ३०, दुहवीमा १२, बर्जु र बराहक्षेत्रमा ९–९, गढीमा ५, रामधुनीमा २, देवानगञ्ज र हरिनगरमा १, स्थानीय तह नखुलेका ४ जनामा कोरोना पुष्टि भएको सामजिक मन्त्रालयले जनाएको छ ।
यसैगरी धनकुटाको महालक्ष्मीमा ३, धनकुटा नगरपालिकामा २, छथरमा १, ते¥हथुमको आठराईमा ५ र स्थानीय तह नखुलेका १, पाँचथरको फिदिम र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ४३ जनामा संक्रमण देखिएको पुष्टि भएको मन्त्रालयले जनाएको छ । १ नम्बर प्रदेशमा कोरोना संक्रमितको संख्या ४० हजार ८ सय १७ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ४ सय ७० जनाले कोरोना जितेर घर फर्केका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button