
काठमाण्डौं,
पछिल्लो २४ घण्टामा देशभर ८ हजार बढीमा कोरोना भाइरस पुष्टि भएको छ । आज देशभर ८ हजार १ सय ६७ जना कोरोना संक्रमित थपिएको हो । त्यसमध्ये काठमाडौंमा नै २ हजार १ सय ४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ४ सय ४४ र भक्तपुरमा ३ सय ४७ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै आज १ सय ८७ जनाले कोरोना कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा १ सय ८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार (आज)जनाएको छ । योसँगै देशभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको कुल संख्या ४ हजार ८ सय ५६ पुगेको छ ।
हाल सम्म कुल ३ लाख ३३ हजार १ सय ८ जनाले कोरोना भाइरसलाई जितेर निको भई घर फर्केका छन् । आजको मिति सम्म ४ लाख ४७ हजार ७ सय ४ नेपालमा संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।