समाचारसमाजहेडलार्इन

भाउजुको हत्या आरोपमा देवर पक्राऊ

विराटनगर,
भाउजुको हत्या आरोपमा देवर पक्राउ परेका छन् । मोरङको रंगेली नगरपालिका ३ स्थित तिलुवा चोककी २४ वर्षीया अनिता यादवको हत्या आरोपमा उनको देवर पक्राउ परेका हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मृतक अनिताको देवर नाता पर्ने १९ वर्षीय विनोद यादव पक्राउ परेका हुन् । आज बिहान करिब साँढे ७ बजेतिर अनिताको शव तिलुवा तोकस्थित नहरमा फेला परेको थियो । उनको घाँटी काटिएको अवस्थामा शव फेला परेकोले प्रहरीले तत्काल अनुसन्धान थालेको थियो ।

प्रहरीले अनुसन्धानको क्रममा हिजो मंगलबार राती साँढे ६ बजे मृतक अनिता र देवर विनोदबीच झगडा भएको खुलेको थियो । विनोदले सोही रिसइबीमा राती ८ बजे धारिलो हतियार दाउले घाँटीमा प्रहार गरी अनिताको हत्या गरेको प्रहरीको भनाई छ । विनोदलाई प्रहरीले आज बिहान करिब ९ बजे घरबाट नै पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button