राजनीतिसमाचारहेडलार्इन

प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनको आधिवेहरी ल्याउन धनकुटा कांग्रेसद्धारा आव्हान

धनकुटा
संविधान सभा विघटन विरुद्ध आन्दोलनको आधिवेहरी ल्याउन नेपाली कांग्रेस धनकुटाले आव्हान गरेको छ । नेपाली कांग्रेस धनकुटाले आज प्रेस विज्ञप्ती प्रकाशित गदै यस्तो आव्हान गरेको हो । संविधानको बर्खिलापमा गई प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक र अनाधिकृत ढंगले गरेको सिफारिसलाई सदर गर्दै सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको विघटन गरी प्रतिगमनकारी निर्णय गर्नु भएकोमा नेपाली कांग्रेसको गम्भीर ध्यानार्कषण भएको प्रेस विज्ञप्तीमा भनिएको छ ।


नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल र सचिव विजय सन्तोषी राईद्धारा हस्ताक्षर गरी जारी गर्नु गरिएकोे विज्ञप्तीमा असंवैधानिक र अनाधिकृत ढंगबाट प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन गर्नु भएको घट्नाको तिव्र विरोध गर्दै संविधान र लोकतन्त्रको रक्षाका लागि अन्तिम पटक आन्दोलनमा उत्रिन सवैलाई आव्हन गरिएको छ ।


सम्माननीय राष्ट्रपति ज्यूले प्रधानमन्त्री नियुक्तिको लागी दावी प्रस्तुत गर्न आव्हन गर्नु भएको समयावधि भित्रै हाम्रो पार्टीका आदरणीय सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्तिका लागी माओवादी केन्द्र, जसपा, नेकपा एमालेका नेपाल खनाल समूह र राष्ट्रिय जनमोर्चाको समेत सर्मथनमा १ सय ४९ जना प्रतिनिधि सभाका माननीय सदस्य ज्यूहरुको हस्ताक्षर सहितको दावी राष्ट्रपति समक्ष पेश गर्नु भएको धनकुटा कांग्रेसद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रतिनिधि सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित विधिसम्मत रुपमा प्रधानमन्त्रीको लागी पेश गरेको दावी माथि संविधान सम्मत निर्णय गरी हाम्रो पाटीका सभापति शेरबहादुर देउवालाई नियूक्ति गर्नु पर्ने दायित्व सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुरा नगरी उल्टै प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सहकार्य तथा मिलेमतोमा असंवैधानिक ढंगबाट रातारात प्रधिनिधि सभा विघटन गरी नेपालको संविधानमाथि नै बलात्कृत गर्ने काम भएको समेत विज्ञप्तीमा लेखिएको छ ।


सार्वभौव जनताको सर्र्वोच्च निकाय प्रतिनिधि सभालाई मध्यरातमा विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्यको तीव्र विरोधका साथ निन्दा गदैै घोर भत्सना समेत गर्दछौ । साथै असंवैधानिक ढंगबाट विघटन गरिएको प्रतिनिधि सभाको निर्णयलाई सच्चाई पुनस्र्थापना गर्न समेत विज्ञप्ती मार्फत माग गरिएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले बताए ।
राष्ट्रपति र प्रधानमन्त्रीको यस प्रतिगमनकारी कदमको सशक्त प्रतिवाद गदैै लोकतन्त्रप्रति आस्था राख्नु हुने राजनीतिक दल, नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मी, मजदुर, किसान, व्यवसायी, विद्यार्थी लगायत आम जनसमुदायमा अहिलेको कोरोनाको महामारीमा बच्दै सुरक्षित किसिमले आन्दोलनमा आउन समेत प्रेस विज्ञप्तीमा अपिल गरिएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button