
koshipost.com
आत्महत्या गर्न कोशीमा हाम फाल्ने पुरुषलाई सकुसल प्रहरीले उद्दार गरेका छन् चतराः सुनसरीको कोशी गाउँपालिका (८ स्थितमा रहेको कोशी ब्यारेजको पुलबाट हामफालेका एक ब्यक्तिको सकुशल उद्धार गरिएको हो ।
बिहीबार ५ बजेको समयमा कोशी ब्यारेजको १० नम्बर ढोकाबाट एक्कासी नदीमा हामफालेका संखुवासभा घर भई मोरङको सुन्दरहरैंचा बस्ने ४० वर्षीय एक पुरुषको प्रहरी चौकी कोशी ब्यारेजबाट खटिएको प्रहरी टोलीले स्थानीय माझीहरुको सहयोगमा तत्कालै सकुशल उद्दार गरेको छ ।
घरायसी तनावका कारण सप्तकोशीमा हाफ फालेर आत्महत्या गर्न लागेको प्रहरीले जनाएको छ । घरायसी समस्याका कारण तनावमा रहेका उनले आत्महत्या गर्ने उद्देश्यले कोशीमा हाम फालेको पाइएको प्रहरीले जनाएको छ ।
आत्महत्या गर्न कोशीमा हामफालेका उनलाई जीवितै उद्धार गर्न सक्दा खुसी लागेको प्रहरीले जनाएको छ । उद्दार गरिएका पुरुषलाई उपचारको लागि इनरुवा अस्पताल पठाइएको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।