समाचारस्वास्थ्यहेडलार्इन

१ नम्बर प्रदेशमा पछिल्लो २४ घण्टामा ७४९ जना कोरोना संक्रमित थपिए, ७९१ जनाले कोरोनालाई जितेर घर फर्के

विराटनगर, Koshipost.com


१ नम्बर प्रदेशमा पछिल्लो २४ घण्टामा ७ सय ४९ जना कोरोना संक्रमित थपिएका छन् । जम्मा १ हजार ९ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा ७ सय ४९ जना संक्रमित थपिएका हुन् । परीक्षण गरिएका मध्ये ३ सयय ३५ महिला र ४ सय १४ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


१ नम्बर प्रदेशमा कोरोनालाई जितेर संक्रमणमुक्त भई घर फर्कनेको संख्या आज बढी आएको छ । थपिने संख्या भन्दा ४२ जना बढी संक्रमित निको भएका छन् । जम्मा ७ सय ९१ जनाले कोरोनालाई जितेर सङ्क्रमणमुक्त भई घर फर्केका छन् । थपिएकाहरु मोरङमा २ सय ३२, झापामा २ सय ७, सुनसरीमा १ सय ६४, धनकुटामा ३८, उदयपुरमा ३४, संखुवासभामा २५, इलाममा १३, पाँचथरमा ८, ताप्लेजुङमा ३ र प्रदेश १ बाहिरका २५ जनामा कोरोना पुष्टि भएकोे सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मोरङको विराटनगरमा ८४ महिला र ८० पुरुष सहित १६४, सुन्दरहरैचामा २४, पथरीशनिश्चरेमा ११, उर्लाबारीमा ८, बुढीगंगामा ६, कटहरी र बेलबारीमा ५(५, ग्रामथानमा ३, मिक्लाजुङ, लेटाङ, धनपालथान र रतुवामाईमा १(१ र स्थानीय तह नखुलेका २, झापाको विर्तामोडमा ५५, कनकाईमा ३६, दमकमा २१, शिवसताक्षीमा १८, मेचीनगर र बुद्धशान्तिमा १७ (१७, भद्रपुरमा १२, अर्जुनधारामा १०, बाह्रदशी, गौरीगञ्ज र कमल गाउँपालिकामा ५(५, झापा गाउँपालिकामा ४, हल्दिबारीमा २, सुनसरीको इटहरीमा ६४, धरानमा ४६, दुहबीमा २९, इनरुवामा ११, बराहक्षेत्रमा ५, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा २(२, रामधुनी, देवानगञ्ज, हरिनगर, गढी र स्थानीय तह नखुलेका १(१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


यस्तै, धनकुटाको धनकुटा नगरपालिकामा २६, पाख्रिवासमा ८, शहिदभूमी र छथरमा २(२, उदयपुरको त्रियुगामा २९, बेलका र स्थानीय तह नखुलेका २(२, उदयपुरगढीमा १, संखुवासभाको पाँचखपनमा २१, खाँदबारीमा ३, स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिकामा ६, माई नगरपालिकामा ५ र सूर्योदयमा २, पाँचथरको तुम्वेवामा ६ र स्थानीय तह नखुलेका २, ताप्लेजुङमा ३ र प्रदेश १ बाहिरका २५ जनामा कोरोना भाईरस पुष्टि भएको विकास मन्त्रालयले जनाएको छ ।


१ प्रदेशमा कोरोना संंक्रमितको संख्या ५५ हजार ६ सय ७६ जना पुगेको छ । सक्रिय सङ्क्रमितको संख्या २० हजार २ सय ९८ जना रहेको विकास मन्त्रालयले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button