अर्थ खबरसमाचारहेडलार्इन

आज अध्यादेशबाट बजेट आउँदै


काठमाण्डौं koshipost.com


आज अध्यादेशबाट बजेट ल्याईने भएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले शनिबार आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याउँदैछ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अपराह्न ४ बजे सिंहदरबारबाट बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । संविधानतः वार्षिक बजेट जेठ १५ गते प्रतिनिधिसभा संसदबाट सार्वजनिक गर्ने नियम भएपनि अहिलेको अवस्थामा प्रतिनिधिसभा नै विघटन गरिएकाले सरकारले सिंहदरबारबाट बजेट सार्वजनिक गर्न लागेको हो ।

प्रतिनिधिसभाको अभावमा बजेटको नीति तथा कार्यक्रम समेत पास हुन नसकेको अवस्थामा अहिले सरकारले अध्यादेश मार्फत बजेट सार्वजनिक गर्ने गृहकार्यमा लागिरहेको छ । अध्यादेशमार्फत आउने यो बजेट संविधान निर्माणपछिको पहिलो अध्यादेश बजेट हुनेछ ।

कोभिड–१९ को महामारीका बीच आउने यो बजेटले स्वास्थ्य उपचार, रोगको रोकथाम तथा कोभिड भ्याक्सिनको उपलब्धता र आर्थिक पुनरुत्थानमा केन्द्रित हुनुपर्ने चुनौति रहेको छ । यस पटक राष्ट्रिय योजना आयोगले दिएको १६ खर्ब ९७ अर्बको सिलिङ्गको आधारमा सरकारले साढे १६ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको बुझिएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button