
विराटनगर koshipost.com
१ नम्बर प्रदेशमा आज १ हजार बढी कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ५ जना कोरोना संक्रमित थपिएको हो । कुल २ हजार ५ सय ३ जनाको पीसीआर परीक्षण गरिएको मध्ये १ हजार ५ जनाको रिपोट पोजेटिप आएको सामजिक विकास मन्त्रालयले जनाएको छ । १ हजार ५ जना मध्ये ४ सय ५१ महिला र ५ सय ५४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै, आज प्रदेश १ मा ३९ जना संक्रमणमुक्त भएर घर फर्केका छन् ।
संक्रमित हुनेमा झापामा ३ सय ६२, मोरङमा ३ सय ५१, सुनसरीमा १ सय ६३, पाँचथरमा ३७, ताप्लेजुङमा ३२, इलाममा १२, उदयपुरमा ६, धनकुटामा ५, संखुवासभा, ते¥हथुम, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापाको विर्तामोडमा ७३, दमकमा ७०, मेचीनगरमा ४६, भद्रपुरमा ३४, कनकाईमा ३२, झापा गाउँपालिकामा २७, अर्जुनधारामा २०, शिवसताक्षी १८, बुद्धशान्तिमा १४, हल्दिबारीमा ८, कमल गाउँपालिकामा ६, गौरादहमा ५, गौरीगञ्जमा २, कचनकवल, गौरीगञ्ज, बा¥हदशीमा १–१, स्थानीय तह नखुलेका ४ जना छन् ।
मोरङको विराटनगरमा १ सय ३२, सुन्दरहरैचामा ३४, कानेपोखरीमा ३२, पथरीशनिश्चरे र बेलबारीमा २४–२४, रतुवामाई र उर्लाबारीमा १७–१७, बुढीगंगामा १५, केराबारीमा १२, रंगेली र लेटाङमा १०–१०, धनपालथानमा ७, कटहरीमा ६, मिक्लाजुङमा ४, सुनबर्षी, जहदा र ग्रामथानमा १–१, स्थानीय तह नखुलेका २ जना छन् ।
सुनसरीको धरानमा ७१, इटहरीमा ५८, बराहक्षेत्रमा ९, गढीमा ७, रामधुनी र दुहवीमा ४–४, इनरुवामा ३, कोशी गाउँपालिकामा २, देवानगञ्जमा १ र स्थानीय तह नखुलेका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यसैगरि, पाँचथरको फिदिममा ३५, हिलिहाङ र फाल्गुनन्दमा १–१, ताप्लेजुङको फुङलिङमा २१, मेरिङदेनमा ८, मिक्वाखोलामा ३, इलामको चुलाचुलीमा ४, रोङ र इलाम नगरपालिकामा ३–३, सुर्योदय र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगामा ३, चौदण्डीगढीमा १ र स्थानीय तह नखुलेका २ जना छन् ।
धनकुटा नगरपालिका र स्थानीय तह नखुलेका २–२, महालक्ष्मीमा १, संखुवासभाको खाँदबारी, ते¥हथुम, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३३ जनामा संक्रमण देखिएको विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५७ हजार ३ सय ८२ पुगेको छ । सक्रिय संक्रमितको संख्या २० हजार ९ सय ३५ रहेको छ । संक्रमित भएका मध्ये ३५ हजार ५ सय ७२ जना संक्रमणमुक्त भएर घर फर्केका छन् ।