समाचारसूचना प्रबिधिहेडलार्इन

साउन १ गतेदेखी नेपालमा यस्ता मोबाईलहरु बन्द हुदै सरकारले ल्यायो

काठमाण्डौं koshipost.com


आगामी साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷०७९ को बजेट सार्वञजनिक गर्दै साउन १ गतेदेखि सो प्रविधि सञ्चाल्रनमा आउने जानकारी दिएको हो ।

अर्थमन्त्री पौडेलकाअनुसार उक्त प्रविधि सञ्चालनञमा आएपछि हाल अवैध रुपमा भित्रिएका (बिना दर्ता) मोबाइल फोन नियन्त्रणमा आँ्रउनेछ ।नेपाल दूरसञ्चार प्राधिञकरणले अवैध रूपमा भित्रिएका मोबाइल बन्द गराउन भन्दै २०७३ सालदेखि इन्टर्रनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आइएमइआई) नम्बर दर्ता गराउने काम गर्दै आएको छ ।

प्राधिकरणले २०७४ साल वैशाख २८ गते प्राध्रिकरणले अवैध मोबाइल रोक्ने प्रणाञली ९एमडीएमएस० जडान गर्न परामश्रर्दाता छनोटका लागि टेन्डर आह्वान गरेको थियो । प्राधिकरणले आह्वान गरेको टेन्डरमा आवेदन परेका १३ कम्पनी मध्येबाट २०७६ साल असारमा छनोट भएको कम्पञनीले छ महिना भित्र उक्त सिष्टम जडान गर्नु्रपर्ने थियो । ओएसआई कन्सल्टिङ प्रालि भारत र नमस्ते ग्लोबल कम प्रालि सिंगापुरञको ज्वाइन्ट भेन्चर छनोट भएको थियो । उक्त कम्पनीञलाई एमडी्रएमएस जडान गर्न रु ८० करोड बराबरको ठेक्का दिईएको थियो ।

सम्झौता भएको मितिले ६ महिनाञभित्र अर्थात् गत वर्षको पौष महिनामा एमडीएमएस प्रणाली जडान गरेर सञ्चालन ल्याइसक्नपर्ने हो तर गत वर्ष कोरोना संक्रमञणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको बन्दाबन्दी र हाल लागु गरिएको निषेधाज्ञालाई देखाउँनै जडानको काम रोकिएको छ ।

विसं २०७३ वैशाखबाट प्राधिकरणले इन्टरनेसनल मोबाइल इक्विप्रमेन्ट आइडेन्टिञफायर (आईएमइआई) नम्बर ‘युनिक कोड’ दर्ता गर्न शुरु गरेको छ । पहिलो चरणमा आइएमइआई नम्बर दर्ता र दोस्रो चरणमा मोबाञइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) जडान गर्ने जनाएको थियो ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button