
धरान koshipost.com
धरानको सर्दु जलाधारको जग्गामा आफूहरुको संलग्नता र चलखेल नरहेको नेताहरुले स्पष्ट पारेका छन् । पार्टीले नै विज्ञप्ति जारी गरेर आफ्ना नेताहरुको उक्त जग्गामा संलग्नता नभएको प्रेस विज्ञप्ती मार्फत जनाइएको छ ।

‘सर्दु जलाधारको १८२ बिघा फिर्ता’ शीर्षकमा एक राष्ट्रिय दैनिकमा प्रकाशित समाचारको विषयलाई लिएर दुई पार्टीले नै विज्ञप्ति जारी गरी आफ्नो नेताहरुको संलग्नता नरहेको स्पष्ट पारेका हुन् ।
नेपाली कांग्रेस सुनसरी र नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र) ले भ्रामक समाचार समेत भनेका छन् । कांग्रेसका जिल्ला सचिव केदार भण्डारी र माओवादी केन्द्रका सुदर्शन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा आफ्ना नेताहरुको संलग्नता र चलखेल नभएको स्पष्ट पारेका हुन् । ‘नेपाली कांग्रेसका युवा नेता किशोर राईलाई धरान नगर सभापति भएको समयको निराधार, बिना प्रमाण कसैको चरिचत्र हत्या गर्ने दुरासायी मनसायले समाचार निकालिएको हो ।’ विज्ञप्तिमा भनिएको छ । यस्ता समाचारले पत्रकारका विषयमा समाजले राखेको आशा र विश्वास धारासायी भएको कांग्रेसको ठहर छ ।
‘सर्दु जलाधारसँग सम्बन्धित विषयलाई लिएर हाम्रो पाटीसम्बद्ध नेता क. सुरेशकुमार राई (क. हिमाल), क. मुक्सामहाङ मेन्याङ्बो (क. मुकेश) र फोक्वाहाङ सुब्बा (क. चोत्लुङ)लाई आरोपित गदै जग्गा माफियामार्फत जग्गासहित मोटो रकम लिएको समाचार प्रकाशन भएकोमा आपत्ति छ’, केन्द्रका सचिव श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘असन्तुलित, कपोलकल्पित समाचारको भ्रममा नपर्न अपिल गर्दछौं ।’

‘यस्तो एकलकाँटे समाचार पत्रकार आचारसंहिता विपरित छ । यस प्रकारको असन्तुलित, कपोलकल्पित समाचारको भ्रममा नपर्न पनि पाटी पङितसहित सबै सरोकारवालासंग हार्दिक अपिल गर्दछौं, । समाचारदाताले दावी गरे जस्तो कानूनी प्रमाण पु¥याए आरोपित व्यक्तिहरुलाई हदैसम्मको कार्वाही गर्न पार्टी तयार रहेको पनि जानकारी गराउँछौं । तर विना प्रमाण कसैको भनाइ सापटी लिएर वा कल्पनाको कलम दौडाएर मानमर्दन गर्नु उपयुक्त नभएको ठहर पाटीको रहेको छ’ प्रेस विज्ञप्तिमा भनिएको छ ।