
धनकुटा, koshipost.com
नेपाल पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष सहित धनकुटा ५ जना पत्रकार कोरोना संक्रमित भएका छन् । संक्रमित ५ जन पत्रकार मध्ये ३ जना संक्रमणमुक्त भएका छन् भने २ जना होम आईशोलेशसनमा रहेका छन् । प्रदेश सहितका जिल्लाका पत्रकार कोरोना संक्रमित भएपछि नेपाल प्रेस युनियन पत्रकाहरुको स्वास्थ्य अवस्था बुझ्न घर घरमा पुगेको छ । प्रदेश नम्वर १ का उपाध्यक्ष तथा नेपाल प्रेस युनियन धनकुटा शाखाका अध्यक्ष हिमा चेम्जोङ्ग जेष्ठ २४ गते सोमबार देखि कोरोना संक्रमित भएकी हुन् ।
नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष तथा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,नेपाल पत्रकार महासंघ धनकुटा शाखाका निर्वतमान अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रिय पार्षद राजेश्वर वहादुर श्रेष्ठ,नेपाल प्रेस युनियन धनकुटा शाखाका कोषाध्यक्ष तथा नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव पूर्ण चौधरी लगायतका पत्रकारहरुले कोरोना संक्रमित पत्रकाहरुको घर घरमा गई संक्रमितको स्वास्थ्य अवस्था बारे जानकारी लिई स्वास्थ्य समाग्रीहरु र पोसिलो खानेकुराहरु प्रदान गरी संक्रमित पत्रकारहरुको स्वास्थ्य लाभको कामना गरेका थिए ।
महासंघ प्रदेश १ का उपाध्यक्ष चेम्जोङ्गको आज साझ एनटिजेन परिक्षणको रिपोटमा कोरोनो देखिएको नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए । सन्तोषी राईले सवै संक्रमित पत्रकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै संक्रमित पत्रकाहरको उपचारमा सहयोग गर्ने समेत बताए ।