समाचारस्वास्थ्यहेडलार्इन

प्रदेश १ मा १ हजार बढी कोरोना संक्रमित संक्रमणमुक्त ३९४ जना सङ्क्रमित थपिए

विराटनग Koshipost.com
आज १ नम्बर प्रदेशमा १ हजार २ सय ८१ जना कोरोना संक्रमित सङ्क्रमणमुक्त भएका छन् । संक्रमाणमुक्त हुनेमा ५ सय २८ महिला र ७ सय ५३ जना पुरुष रहेका छन् । मोरङबाट मात्र ५ सय ६३ जना सङ्क्रमणमुक्त भएका छन् । योसंगै कोरोना सङ्क्रमणमुक्त हुनेको संख्य ५१ हजार ७५ पुगेको छ ।


यस्तै, प्रदेश १ मा आज ३ सय ९४ जना कोरोना सङ्क्रमित थपिएका छन् । १ हजार २ सय ७३ जनाले पीसीआर परीक्षण गराएका थिए । परीक्षण गरिएका मध्ये १ सय ८८ महिला र २ सय ६ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापामा १ सय ४१, मोरङमा १ सय २५, सुनसरीमा ८३, उदयपुरमा १८, संखुवासभामा ६, धनकुटामा ५, ताप्लेजुङ, भोजपुर र इलाममा २–२, पाँचथर र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ८ जनामा कोरोना पुष्टि भएको सामजिक मन्त्रालयले जनाएको छ ।


उदयपुरको त्रियुगामा १५, उदयपुरगढीमा २, स्थानीय तह नखुलेको १, संखुवासभाको चैनपुरमा ५ र खाँदबारीमा १, धनकुटाको धनकुटा नगरपालिकामा ३, छथर र साँगुरीगढीमा १–१, ताप्लेजुङको फाकफोकथुम र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिका र अरुणमा १–१, इलामको रोङ र चुलाचुलीमा १–१, पाँचथरमा १ , तेह्रथुमको म्याङ्लुङमा १ र प्रदेश १ बाहिरका ८ जनामा कोरोना पुष्टि भएकोे मन्त्रालयले जनाएको छ ।


त्यस्तै, झापाको दमकमा ५५, बिर्तामोडमा २६, भद्रपुरमा २४, मेचीनगरमा ११, कनकाईमा ८,बाह्रदशी र शिवसताक्षीमा ४–४, अर्जुनधारा र हल्दिबारीमा २–२, कचनकवल, कमल गाउँपालिका, गौरादह, बुद्धशान्ति र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ६३, लेटाङमा २१, पथरीशनिश्चरेमा ११, बेलबारीमा १०, कटहरीमा ७, सुन्दरहरैचा र उर्लाबारीमा ४–४, केराबारी र बुढीगंगामा २–२, स्थानीय तह नखुलेका १, सुनसरीको धरानमा ३८, इटहरीमा १८, रामधुनीमा ६, दुहबीमा ५, बराहक्षेत्रमा ४, इनररुवा र बर्जूमा ३–३, देवानगञ्जमा २, गढी र कोशी गाउँपालिकामा १–१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।


प्रदेश १ मा कोरोना सङ्क्रमितको संख्य ६६ हजार ८ सय ३५ पुगेको छ । सक्रिय सङ्क्रमितको संख्य १४ हजार ६ सय ९३ रहेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button