
धरान koshipost.com
धरान उपमहानगरपालिकाको नवौं नगरसभाले २ अर्ब ३ करोड ६४ लाख अनुमानित बजेट प्रस्तुत् गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ को बजेट २ अर्ब ३ करोड ६४ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिएको हो ।

उपमेयर मञ्जु भण्डारी (सुवेदीले) अनुमानित बजेत प्रस्तुत गरेकी हुन् । सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा उनले सो बजेट प्रस्तुत गरेकी हुन् । प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपमेयर भण्डारीले आव २०७८÷०७९ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् ।
आगामी वर्षको आन्तरिक आयतर्फ २७ करोड १० लाख, संघीय समानीकरण अनुदानतर्फ ३३ करोड ९२ लाख, प्रदेश समानीकरण अनुदानबाट २ करोड १ लाख ४७ हजार आय अनुमान गरिएको छ ।

यस्तै, संघीय राजश्व बाँडफाडबाट १७ करोड ३ लाख ८६ हजार र प्रदेश राजश्व बाँडफाडबाट १७ करोड ५१ लाख, ९५ हजार, ७ सय ५०, संघीय समपुरक अनुदानतर्फ ३ करोड ४६ लाख, संघीय विशेष अनुदानतर्फ २ करोड ९९ लाख आय अनुमान गरिएको छ ।
त्यसैगरी प्रदेश सरकार सशर्ततर्फ २ करोड, धरान खानेपानी बोर्डबाट १० करोड अनुमान गरिएको छ भने अन्य स्रोत तथा विविध आयतर्फ १७ करोड ९ लाख ५८ हजार ५ सय ६०, मौज्दात ३ करोड गरी जम्मा २ अर्ब ३ करोड ६४ लाख बराबरको अनुमानित आय प्रस्तुत गरिएको हो ।
व्ययतर्फ धरानको २० वटा वडाको लागि २८ करोड, शहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ १८ करोड २१ लाख रुपैयाँ विनियोजन गरिएको छ । शिक्षा, युवा तथा खेलकुदतर्फ ३८ करोड २८ लाख, स्वास्थ्यतर्फ ४ करोड ७५ लाख रुपैयाँ विनियोजन भएको छ ।
व्ययतर्फको बजेट यस्तो छ



