समाचारस्वास्थ्यहेडलार्इन

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६२३ कोरोना संक्रमित संक्रमणमुक्त, ३५९ जना संक्रमित थपिए

विराटनगर,koshipost.com


प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६२३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २ सय ८४ महिला र ३ सय ३९ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६६ हजार १ सय ५८ पुगेको छ । आज प्रदेश १ मा ३ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १ सय ४८, मोरङमा १ सय ३१ जनामा कोरोना पुष्टि भएको सामजिक मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा २१, इटहरीमा १६, दुहवी र स्थानीय तह नखुलेका ३–३, भोक्राहानरसिंहमा २, गढी र बराहक्षेत्रमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । उता, धनकुटाको धनकुटा नगरपालिकामा ८, साँघुरीगढी, पाख्रिबास, शहिदभूमी र महालक्ष्मीमा १–१, उदयपुरको त्रियुगामा ३, चौदण्डीगढी र स्थानीय तह नखुलेका १–१ जना रहेका छन् ।

यस्तै, सुनसरीमा ४७, धनकुटामा १२, उदयपुरमा ५, इलाममा ३, पाँचथर र संखुवासभामा २–२, ताप्लेजुङ, तेह्रथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको मेचीनगरमा ३५, विर्तामोडमा २६, दमकमा २४, अर्जुनधारा र भद्रपुरमा १७–१७, कनकाईमा १३, शिवसताक्षीमा ५, बुद्धशान्ति, बाह्रदशी र कमल गाउँपालिकामा २–२, गौरादह, गौरीगञ्ज , हल्दिबारी, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जना छन् । मोरङको विराटनगरमा ५४, बेलबारीमा ४४, पथरीशनिश्चरेमा ९, बुढीगंगामा ५, लेटाङ, ग्रामथान, सुन्दरहरैचा र कटहरीमा ३–३, सुनबर्षीमा २, उर्लाबारी, केराबारी, रंगेली, धनपालथान र स्थानीय तह नखुलेका १–१ छन् ।

यसैगरी, इलामको इलाम नगरपालिकामा २ र सुर्योदयमा १, पाँचथरको फुङलिङ र स्थानीय तह नखुलेका १–१, संखुवासभाको चैनपुर र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको मिक्वाखोला, तेह्रथुमको म्याङलुङ र भोजपुरको भोजपुर नगरपालिकामा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७३ हजार ३ सय ९७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ९ सय ५२ पुगेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button