समाचारस्थानीयस्वास्थ्यहेडलार्इन

धरानमा कोरोनाको दोस्रो डोज खोप लगाउन आउने उत्साहित देखिए

धरान, koshipost.com

धरानमा कोरोनाको दोस्रो डोज खोप आजबाट शुरु भएको छ । धरान उपमहानगरपालिकाले भेरोसेल खोपको दोस्रो मात्रा २२ र २३ गते दुई दिन संचालन हुने जनाएको हो । असार २२ र २३ गते भेरोसेल खोपको दोस्रो मात्राको खोप लगाउने भनेपछि धरानमा खोप लगाउन आउनेहरु उत्साहित भएको देखियो । गत जेठ अन्तिम साता कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्राको खोप लगाइएको हो ।


मंगलबार र बुधबार (२२ र २३ गते) दुई दिन भेरोसेलको दोस्रो मात्रा लगाइने धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । धरानको छाताचोकस्थित स्वास्थ्य चौकी, धरान–१५ स्थित श्यामचोक सेवा समाजको भवन र धरान–१८ स्थित कार्मेल हाइस्कुलमा खोप केन्द्र रहेका छन् ।


तोकिएको खोप केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउन धराने भेला भएका थिए । गत जेठ २५, २६ र २७ गते भेरोसेलको पहिलो मात्रा लगाएकाहरुलाई मात्र दोस्रो मात्राको खोप लगाइएको हो । गत जेठ अन्तिम साता सञ्चालन गरिएको खोप अभियानमा ६० देखि ६४ वर्ष उमेर समूहकालाई भेरोसेलको पहिलो मात्रा लगाइएको थियो । यसपटक २ हजार १ सय ४४ जनाले भेरोसेल खोपको मात्रा लगाउने भएकाछन् ।


यसपटक भने ज्येष्ठ नागरिकहरुलाई सहज बनाउनका लागि अलग्गै लाइनको व्यवस्था गरिएको थियो । ज्येष्ठ नागरिक २ जना बराबर मात्र अर्कोे लक्षित समूहका एक जनालाई खोप लगाउने व्यवस्था मिलाईएको थियो ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button