समाचारस्वास्थ्यहेडलार्इन

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६३९ जना कोरोना संक्रमित संक्रमणमुक्त, ४०३ संक्रमित थपिए

विराटनगर,koshipos.com
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६३९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ सय ८ महिला र ३ सय ३१ जना पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६६ हजार ७ सय ९७ पुगेको छ । अजा प्रदेश १ मा ४ सय ३ जनामा कोरोना पुष्टि भएको सामजिक विकास मन्त्रालयले जनाएको छ । झापामा १ सय ५२ जना सुनसरीमा १ सय ३२ मोरङमा ८६, धनकुटामा ७, संखुवासभामा ६, इलाममा ५, उदयपुरमा ३, ताप्लेजुङ र ते¥हथुममा २–२, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

झापाको विर्तामोडमा ४४, दमक र मेचीनगरमा २१–२१, भद्रपुरमा १९, अर्जुनधारामा १७, हल्दिबारीमा ९, कनकाईमा ६, बुद्धशान्ति र बा¥हदशीमा ३–३, कमलगाउँपालिका र गौरादहमा २–२, झापा गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ४ जना छन् । सुनसरीको धरानमा ९२, इटहरीमा २२, बराहक्षेत्र र स्थानीय तह नखुलेका ५–५, रामधुनीमा ३, कोशी, बर्जु, हरिनगर, इनरुवा र गढीमा १–१ जना छन्।् ।

मोरङको विराटनगरमा ४८, केराबारीमा १४, पथरीशनिश्चरेमा १०, सुन्दरहरैचामा ४, उर्लाबारीमा ३, बुढीगंगा, कटहरी, रंगेली, लेटाङ, कानेपोखरी, धनपालथान र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४, साँघुरीगढी, छथर र स्थानीयतह नखुलेका १–१, संखुवासभाको सिलोचोङमा ५ र स्थानीय तह नखुलेका १ जना छन् ।

इलामको इलाम नगरपालिकामा २, माई, चुलाचुली र स्थानीय तह नखुलेका १–१, उदयपुरको चौदण्डीगढी, त्रियुगा र स्थानीय तह नखुलको १–१, ताप्लेजुङको फुङलिङ र स्थानीय तह नखुलेका १–१, ते¥हथुमको मेन्छेयाम र स्थानीय तह नखुलेका १–१, ओखलढुङ्गाको मानेभन्ज्याङमा १ र प्रदेश १ बाहिरका ७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७३ हजार ८ सय पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय रहेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button