
धनकुटा,koshipost.com
नेपाली कांग्रेसका १५ जना नेता धनकुटा जिल्ला प्रशासनमा हाजिर भएका छन् । झुठा मुद्धा लगाएर फसाउन खोजिएका धनकुटा पाख्रिवासका १५ जना जिल्ला प्रशासन कार्यालयमा हाजिर भई धलौटी जम्मा गरी छुटेका हुन् । प्रशासन कार्यालयमा हाजिर भई छ्ुटेका नेताहरुलाई पाटीको तर्फबाट पाख्रिवासमा बधाई तथा स्वागत र सम्मान गरिएको हो ।

जिल्लाको पाख्रिवास नगर परिषदमा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीको खोजीमा रहेका नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्यहरु जयन्द्र घिसिङ्ग,निलम थापा, पाख्रिवास नगर कार्य समितिका सभापती प्रेम भण्डारी,पाख्रिवाका कोषाध्यक्ष विर वहादुर थापा,वडा नं. ४ का सभापति श्याम प्रकाश राई, नेपाली कांग्रेसका युवा नेताहरु गोकुल घिमिरे, सञ्जय मगर,नेपाल तरुण दलका जिल्ला सदस्य सन्तोष मानन्धर,घोलीखर्कका अध्यक्ष पासाङ्ग तमाङ्ग,खेम वरुवाल,रवी पौडेल, वडाध्यक्ष सोभित निरौला,नेकपा माओवादी केन्द्र पाख्रिवासका सचिव वलाराम खड्का,मान वहादुर राई,बाबुराम थापा लगायत १५ जना नेताहरुलाई हिजो र आज गरी जिल्ला प्रशासन कार्यालयमा हाजिर गराई धरौटीमा छोडिएको नेपाली कांग्रेसका जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय परिषरमा बयान दिएर धलौटीमा छुटेका १५ जना नेताहरुलाई जिल्ला सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्य ज्ञान वहाुदर गुरुङ्ग , महासमिति सदस्य घनेन्द्रराज श्रेष्ठ, नेकपा माओवादी केन्द्र धनकुटाका अध्यक्ष ऋषिराम ढुंगाना,नेकपा एमाले माधव समुहका अध्यक्ष अर्जुन राई,नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका धमला,यूवा नेता मदन घिमिरे,मनिष राई ,नेकपा माओवादी केन्द्रका नेताहरु हेमचन्द्र किराती,सर्मिला राई,नयन श्रेष्ठ लगायतले खादा माला अविर लगाई सम्मान तथा स्वागत गरेका थिए ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्तले बयान लिई जनही ४० हजार रुपैया धलौटी माग गरी तारेखमा छाडेको जानकारी दिए । अभद्र व्यवहारको आरोप लागेका नेताहरुलाई धलौटीमा छोड्ने निर्णय गरेपछि पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापाको पाख्रिवास वडा न.८ को जग्गा धलौटी राखी उनीहरु छुटेको जिल्ला सचिव सन्तोषी राईले बताए ।
जिल्लाको पाख्रिवास नगरपालिकामा गएको यही असार १० गते नगर परिषदमा नगर प्रमुख लगायत जनप्रतिनिधिहरुलाई दुव्र्यवहार गरेको भन्दै पाख्रिवास नगरपालिकाकी उपप्रमुख देवकला तिम्सिनाले अभद्र व्यवहार गरेको र तोडफोड गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनकुटामा मुद्दा दर्ता गराएकी थिइन् ।
धलौटीमा छुटेका नेताहरुलाई स्वागत गदै कांग्रेसका जिल्ला सचिव सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,पाख्रिवास नगर सभापती प्रेम भण्डारी,नेकपा माओवादी केन्द्र पाख्रिवासका सचिव बलाराम खड्का,नेपाल तरुण दल पाख्रिवासका अध्यक्ष रवी राई,तरुण डिफेन्स फोर्सका संयोजक बिमल गुरुग लगायतले जनताले विजय प्राप्त गर्दै गएको र ओली पक्षिय जनप्रतिनिधिहरु पराजित हुदै गएको बताएका थिए ।