समाचारस्वास्थ्यहेडलार्इन

प्रदेश १ मा ११८० जना कोरोना संक्रमित थपिए, १४ जनाको मृत्यु

विराटनगर,koshipost.com

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १ सय ८० जनामा कोरोना पुष्टि भएको छ । थपिएका मध्ये धरानमा १ सय १७ जना रहेका छन् । कुल २ हजार १ सय २४ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, १ हजार ७ सय २८ जनाको एन्टिजेन परीक्षण गर्दा ५ सय २ जनामा कोरोना संक्रमण देखिएको सामजिक विकास मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणका आधारमा झापामा २ सय ६६, मोरङमा १ सय ८८, सुनसरीमा १ सय ७३, धनकुटामा १२, उदयपुर र तेह्रथुममा ५–५, इलाममा ४, भोजपुरमा ३, ताप्लेजुङ, ओखलढुङ्गा र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको छ ।


सुनसरीको धरानमा १ सय १७, इटहरीमा ४४, रामधुनीमा ५, बराहक्षेत्रमा ३, इनरुवामा २, देवानगञ्ज र बर्जुमा १–१ जना छन् । धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिबासमा ४, शहिदभूमी, छथर र स्थानीय तह नखुलेका १–१, मा १२, उदयपुरको त्रियुगा र उदयपुरगढीमा २–२, चौदण्डीगढीमा १, तेह्रथुमको म्याङलुङमा ३, आठराई र स्थानीय तह नखुलेका १–१ जना छन् । इलामको इलाम नगरपालिकामा २, चुलाचुली र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिका, षडानन्द र अरुणमा १–१, ताप्लेजुङ र ओखलढुङ्गा र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।


यस्तै, झापाको दमकमा ७४, विर्तामोडमा ५७, भद्रपुरमा ३९, मेचीनगरमा २४, कनकाईमा १७, अर्जुनधारामा १४, शिवसताक्षीमा १३, बाह्रदशीमा ११, बुद्धशान्तिमा ६, कमल गाउँपालिकामा ५, हल्दिबारीमा ४, गौरादहमा २ जनामा संक्रमण देखिएको छ । मोरङको लेटाङमा ५०, विराटनगरमा ४१, बेलबारीमा ३९, केराबारीमा २९, सुन्दरहरैचामा ९, उर्लाबारीमा ५, बुढीगंगा, ग्रामथान, पथरीशनिश्चरे र स्थानीय तह नखुलेका २–२, कटहरी, मिक्लाजुङ, रतुवामाई, रंगेली, कानेपोखरी, धनपालथान र सुनबर्षीमा १–१ जना छन् ।


त्यस्तै प्रदेश १ मा पछिल्लो २४ घण्टामा २ सय १ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १ सय महिला र १ सय १ जना पुरुष रहेका छन् । यो अवधीमा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ५ महिला र ९ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button