समाचारस्थानीयहेडलार्इन

धरान उपमहानगरपालिका भित्रै प्रतिधुर ३० हजारमै लालपूर्जा (भिडियो सहित)

धरान, koshipost.com
सुनसरीको धरान बजारमा प्रतिधुर ३० हजार रुपैयले जग्गा खरिद बिक्री हुन थालेको छ । झट्ट सुन्दा अचम्म लाग्छ सक्छ तर यो बास्तविकता सावित भएकोछ । धरानजस्तो समृद्ध र महंगी ठाउँमा प्रतिधुर केवल ३० हजारमै जग्गा पाइन्छ भन्दा मान्छेहरुले विश्वास गदैनन् । धरान १५ गणतान्त्रिक चौक (सेउती खोला नजिकै) अव्यवस्थित रुपमा बस्दै आएकाहरुलाई पहिचान गरी प्रतिधुर ३० हजार रुपैयाँमै जग्गा उपलब्ध गराउन थालिएको हो ।


सो क्षेत्रका जग्गाधनी पहिचान गरी प्रतिधुर ३० हजार रुपैयाँका दरले सहुलियतमा जग्गा दिन थालिएको अव्यवस्थित बसोबास तथा भूमिहीन सुकुम्बासी आयोगक धरानका अध्यक्ष हरि कार्कीले जानकारी दिए । अव्यवस्थित रुपमा बसोबास गर्दै आएका करिब तीन सय घरपरिवारलाई घरधनी पहिचान गरी गत बुधबार देखि नै सस्तो दरमा लालपुर्जा दिन थालिएकोे अध्यक्ष कार्कीले बताए ।

लामो संघर्षपछि अव्यवस्थित बसोबास तथा भूमिहिन सुकुम्बासी आयोग धरानको पहल सफल भएको भन्दै स्थानीयवासीहरुले खुसी व्यक्त गरे । सो क्षेत्रमा ३० हजारका दरले जग्गा पाउने लक्षित सबै जग्गाधनीहरुलाई बोलाईएको थियो । जग्गा वितरण गर्न सबैभन्दा पहिला सहकार्य गर्ने भरत सुवेदीलाई सम्मान गरिएको थियो ।


त्यस्तै सुरुवातमै जग्गा दिन तयार राजकुमार कार्की र नवीन श्रेष्ठलगायतलाई पनि स्थानीयले सम्मान गरेका छन् । यसअघि धरानकै ११ नम्बर वडामा समेत सहुलियत दरको जग्गा बिक्री हुदै आएको छ । औपचारिक कार्यक्रम नै आयोजना गरी सहुलियत दरमा जग्गाको धनीपुर्जा हातमा थम्याइएको यो पहिलो पटक र स्वागतयोग्य समेत रहेको धरान उपमहानगरपालिका १५ का वडाध्यक्ष नरेश इवारमले बताए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button