
दोलखा,koshipost.com
बिरामीलाई बोक्न एम्बुलेन्सको लागि समेत बाटो नबनाएको भन्दै स्थीयवासीले गाउँपालिका अध्यक्षको कठालो समातेका छन् । एम्बुलेन्सको लागि फोन गर्दा जनतालाई ढाटेको भन्दै स्थानीयहरुले एक गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठको कठालोमा समातेर तानेका हुन् । दोलखाको मेलुँग गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठको सोही ठाउँका नागरिकहरुले कठालोमा समातेर जनतालाई किन ढाटेको अं भन्दै प्रश्न गरेका छन् ।
गाउँपालिकाको मुकुनेमा गम्भीर विरामीलाई बोक्न एम्बुलेन्सको लागि समेत बाटो नबनाएको भन्दै कठालो समातेको स्थानीयहरु बताउँछन् । स्थानीय जनकबहादुर तामाङलाई उपचारको लागि काठमाण्डौं लैजान गाउँपालिकामा बाटो नभपछि अध्यक्ष्लाई स्थानीयले फोन गरेका थिए । बाटोमा एम्बुलेन्स फँसेर जनक बहादुरलाई त्यहाँबाट बोकेर लैजान गाह्रो भएको भन्दै बाटो सफा गरिदिन स्थानीयले आग्रह गरेका थिए
स्थानीयवासीले बाटो सफा गर्न अध्यक्षलाई अनुरोध गरेपछि अध्यक्षले बाटो मर्मत गर्ने बताएका थिए । अध्यक्ष श्रेष्ठलाई बिरामी लिन आएको गाडी बाटोमा हिलोमा फसेको जानकारी गराउँदै डोजरले बाटो सफा गरिदिन आग्रह गरेतापनि बाटो सफा नगरेको स्थानीयहरुको दुखेसो छ ।
‘म चरिकोट छु, मैले बाटो सफा गर्न भनीदिन्छु बाटो सफा हुन्छ ’ गाउँपालिकाका अध्यक्षले स्थानीयलाई यस भनेका थिए । अध्यक्ष श्रेष्ठ संग टेलिफोनमा कुराकानी भएको केही समय पछि बिरामीहरु र अध्यक्षको त्यही बाटोमा जम्काभेट भएको थियो ।
एकछिन अगाडी चरिकोटमा छु भन्ने अध्यक्षलाई बिरामी बोक्नेहरुले त्यही बाटोमा भेटेपछि सधै जनतालाई किन झुक्याएको र बाटो समेत सफा नगरेको भन्दै स्थानीयले कठालोेमा समातेर तानेका थिए ।