समाचारस्वास्थ्यहेडलार्इन

बसलाई ओभरटेक गर्दा मोटरसाईकलमा सवार एक जनाको मृत्यु

धनकुटा,koshipost.com


बसलाई ओभरटेक गर्दा मोटरलाईकलमा सवार १ जनाको मृत्यु भएको छ । संखुवासभाबाट धरान आउदै गरेको बस र मोटरसाइकल ठक्कर खादा १ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा धनकुटा शहिदभुमी गाऊपालिका ४ का ३६ बर्षीय गणेशमान राई रहेका छन् । धनकुटाको साँगुरीगढी गाउँपालिका ६ मालबासेस्थित कोशी राजमार्गमा हिजो आइतबार बेलुका पौने ५ बजे दुर्घटना भएको थियो । धरानतर्फ आउदै गरेको को १ ख ४८८९ नम्बरको बसलाई सोही दिशाबाट आउदै गरेको को १९ प ९४२८ नम्बरको मोटरसाईकलले ओभरटेक गर्ने क्रममा बसमा ठक्कर खाएर दुर्घटना भएको थियो ।

मोटरसाइकलको पछाडि बसेका गणेशमान गम्भीर घाइते भएका थिए । घाइतेकोे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बेलुका पौने ७ बजे मृत्यु भएको थियो । मोटरसाईकल चालक ईलाम चुलाचुली गाउँपालिका ६ का ३३ वर्षीय रत्न कुमार राई सामान्य घाईते भएका छन् । बस र बस चालक धरान १३ का ५८ बर्षीय कृष्ण बहादुर पाख्रिन ईलाका प्रहरी कार्यालय भेडेटारको नियन्त्रणमा रहेका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button