समाचारस्वास्थ्यहेडलार्इन

१ नम्बर प्रदेशमा २१५ जनामा कोरोना पुष्टि,२७८ जना संक्रमणमुक्त


विराटनगर,koshipost.com


१ नम्बर प्रदेशमा पछिल्लो २४ घण्टामा २१५ जनामा कोरोना पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ६९१ जनाको पीसीआर परीक्षण गर्दा १७१ जनामा संक्रमण पुष्टि भएको हो भने २०० जनाको एन्टिजेन परीक्षणगर्दा ४४ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा झापामा ९४, सुनसरीमा ३८, मोरङमा ३३, इलाममा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।


मोरङको विराटनगरमा १७, उर्लाबारीमा ६, सुन्दहरैचामा ३, बेलबारी, पथरीशनिश्चरे र ग्रामथानमा २–२, रतुवामाईमा १, इलामको इलाम नगरपालिका र चुलाचुलीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, झापाको विर्तामोडमा १८, शिवसताक्षी र कनकाईमा १५–१५, अर्जुनधारामा १२, दमकमा ७, भद्रपुर र गौरादहमा ५–५, मेचीनगरमा ८, झापा गाउँपालिका र कमल गाउँपालिकामा ३–३, हल्दिबारी, बुद्धशान्ति र कचनकवलमा १–१ जनामा संक्रमण पुष्टि भएको छ भने सुनसरीको इटहरीमा २७, धरानमा ७, बराहक्षेत्रमा २, इनरुवा र रामधुनीमा १–१ जनामा संक्रमण देखिएको हो ।


यही समयमा प्रदेश १ मा २७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १३६ महिला र १४२ पुरुष रहेका छन् । यस अवधिमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button