
काठमाण्डौं,koshipost.com
युवकलाई नाङ्गेझार पारेर लुट्ने धराने युवती सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौ टोखा नगरपालिका ९, गोंगबु शिवमन्दिर बस्ने एक युवकलाई नाङ्गेझार पारेर लुट्ने धरानकी प्रिया गुरुङसहित उनको समुहका ९ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरी धरानकी २२ वर्षीया प्रिया गुरुङ, मोरङको बेलबारी नगरपालिका (४ का २७ वर्षीय यमन राई, दाङको घोराही नगरपालिका (१६ का २१ वर्षीय अनिल मगर रहेका छन् ।
त्यस्तै, रुकुमको तकसेरा गाउँपालिका (४ का ३० वर्षीय सूर्य बूढा मगर, सिन्धुपाल्चोकको ठूलो पाखार का २५ वर्षीय विशाल केसी, काभ्रेपलाञ्चोक तामाघाट की २१ वर्षीया पूजा राई, कैलालीको सुखड नगरपालिका (१ की २२ वर्षीया सुष्मा कार्की , काभ्रेपलाञ्चोक चौवास की २२ वर्षीया इस्मी कुँवर र काभ्रेपलान्चोक मण्डनदेउपुर नगरपालिका( ४ का ३२ वर्षीय सुरज भट्टराईलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

गोंगबु शिवमन्दिर नजिकै बस्ने २४ वर्षीय अजय रेग्मीलाई कुटपिट गरी रेग्मीले घाँटीमा लगाएको सुनको सिक्री र साथमा रहेको नगद लुटेको ती ९ जनालाई आरोप लागेको छ । गोरखा अजिरकोट गाउँपालिका (४ घर भएका रेग्मी गोंगबु शिवमन्दिर नजिकै बस्दै आएका थिए । रेग्मीलाई ‘कसैले छेक्ने, कसैले लुट्ने, कसैले बाटो ढुक्ने र कसैले वातावरण बनाउन उनीहरूको ग्याङ प्रयोग भएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ ।