समाचारस्थानीयहेडलार्इन

अबिरल बर्षाको कारण धरानमा पहिरोले पुरिदा दुई जना बच्चाको मृत्यु


धरान,koshipost.com


अबिरल वर्षाको कारण धरानमा पहिरोले पुरिदा २ जना बच्चाको ज्यान गएको छ । केही दिन देखि अबिरल परेको बर्षाको कारण धरान उपमहानगरपालिका –१३ नागेश्वर मार्गका ८ वर्षीया बालिका र ४ वर्षीय बालिकाकोे मृत्यु भएको प्रहरीले जनाएको छ ।


धरान –१३ बस्ने निसान राईको छोरी ८ वर्षीया निसु राई र ४ वर्षीय छोरा ४ निहान राई रहेका छन् । आज दिउसो पौने २ बजे घरमाथीबाट पहिरो झरी निसानको १ तले टिनको छाना भएको घर पुरिदा सो घर भित्र रहेका २ जना बच्चा समेत पुरिएका थिए ।


घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागि प्रहरी टोली खटि गएको थियो । उद्धारमा खटिएको प्रहरी टोलीले दिउसो साढे ३ बजे २ जना बच्चालाई मृत अबस्थामा फेला पारेको जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button