
विराटनगर, koshipost.com
१ नम्बर प्रदेशमा थप १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार २९९ जनाको पीसीआर परीक्षण गर्दा ८३ जना र १६३ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणका आधारमा मोरङमा ५३, सुनसरीमा २३, झापामा ५, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण मन्त्रालयले जनाएको हो ।
मोरङको विराटनगरमा ४९, कटहरीमा २, बुढीगंगा र ग्रामथानमा १–१, सुनसरीको इटहरीमा १४, धरानमा ९, झापाकोे विर्तामोड र मेचीनगरमा २–२, दमकमा १, उदयपुरको बेलका र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
संक्रमणमुक्त हुनेमा ६२ महिला र ४६ पुरुष रहेका छन् । पछिल्लोे २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
