Uncategorizedसमाचारस्वास्थ्यहेडलार्इन

वीपीको पदाधिकारी नियुक्तीमा पैसाको चलखेल हुदैनः स्वास्थ्य राज्यमन्त्री खापुङ

रान,koshipost.com


वीपीको पदाधिकारी नियुक्तीमा पैसाको चलखेलको अन्त्य हुने स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले छन् । संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री खापुङले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पदाधिकारीहरु नियुक्ती गरिदा पैसाको चलखेल नहुने बताएको हो ।


आइतबार धरान उपमहानगरपालिकामा नागरिक अगुवा, राजनीतिक दलका प्रतिनिधि, पत्रकारहरुसँगको अन्र्तक्रियामा मन्त्री खापुङले यस्तो बताएका हुन् । अन्र्तक्रियामा सबै वक्ताहरुले वीपीमा पैसा लिएर पदाधिकारी नियुक्ती गर्ने गरेको र त्यसैले गर्दा भ्रष्टचार बढाएको भन्दै आलोचना गरेपछि मन्त्री खापुङले वर्तमान सरकारले नियुक्तीमा आर्थिक चलखेल नहुने दाबी गरेका हुन् । मन्त्री खापुङले प्रतिष्ठानको खाली भएको पदमा सक्षम र योग्य व्यक्तिहरुलाई मात्र नियुक्त गर्ने पनि बताए ।

उनले वीपी प्रतिष्ठान धरासायी भइरहेकोबारे मन्त्रालय र सरकारलाई जानकारीमा भएको भन्दै सरकारको पनि गहिरो ध्यान पुगेको बताए । साथै उनले संघ सरकार र स्थानीय सरकारसँगै धराने जनता, जनप्रतिनिधि मिलेर प्रतिष्ठानलाई सुधार गर्न सकिने पनि धारणा राखे । उनले प्रतिष्ठान सुधार गर्नकै लागि सरकारले स्वास्थ्यमन्त्री विरोध खतिवडाको नेतृत्वमा समिति बनाएको र प्रतिवेदन आएपछि सरकारले निर्णय गरेर अघि बढ्ने मन्त्री खापुङले अन्तरक्रिया कार्यक्रममा बताए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button