जनजाति महासंघले जनगणनामा स्वयंसेवक परिचालन गर्ने

धरान,koshipost.com
जनजाति महासंघले जनतणनामा स्वयंसेवक परिचालन गर्ने भएको छ । यही कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुन गईरहेको राष्ट्रिय जनगणना २०७८ मा नेपाल आदिवासी जनजाति महासंघ सुनसरीले स्वयं सेवक परिचालन गर्ने भएको हो । सुनसरीको जनगणनावाट सही र सत्य तथ्यांक संकलन गर्न सहयोग र सहजिकरण गर्ने उद्देश्यले समुदायगत रुपमै स्वयंसेवक परिचालन गर्न लागेको महासंघ सुनसरीका अध्यक्ष राम माण्डुपा राईले बताए ।
जिल्ला जनगणना कार्यालय सुनसरी (क) अन्तर्गतका गणकहरुका लागि धरानमा सञ्चालित जनगणना सम्बन्धि प्रशिक्षण कार्यक्रममा महासंघका अगुवा प्रतिनिधिहरुले स्वयंसेवक परिचालन सम्बन्धि जानकारी गराएका छन् । उनीहरुले जनगणना सम्बन्धि प्रश्नावलीमा कतिपय आदिवासी जनजातिका जात, भाषा र धर्म जस्ता विषयहरुको कोड नै उल्लेख नगरिएको भन्दै यसवाट वास्ताविक तथ्यांक आउनन सक्ने र त्यस्ता जाति समुदायको पहिचान र अस्तित्व नै संकटमा पर्ने देखिएको भन्दै आगामी जनगणनाहरुमा प्रश्नावली तयार गर्दा सम्बन्धित सबैको ध्यान जानु पर्नेमा जोड दिएका छन् ।
आदिवासी जनजातिहरु प्रायले नामथर, मातृ एवम् पुर्खौलीभाषा र मौलिकएवम् परम्परागतधर्म भन्ने गरेको पाइएतापनि प्रश्नावलीमा थर, पुर्खौलीभाषा र मौलिकधर्महरु सबैको कोड उल्लेख नगरिएकाले सोझै अन्यजाति, भाषा र धर्म भनिविवरण संकलनहुने अवस्था देखिएकाले त्यस्तो अवस्थामा गणकले स्वविवेक (कमनसेन्स) प्रयोग गर्न तथा स्वयंसेवकहरुको मद्दत लिन उनीहरुले आग्रह गरेका छन् ।
जनगणनाको क्रममाकोडमा उल्लेख नगरिएका जाति, भाषा र धर्म पाइएमा त्यस्तो अवस्थामा अन्यको महलमा टिक लगाउने भनिएको भएपनि आगामी जनगणनामा प्रश्नावलीतयार गर्न र सुधार गर्न मद्दत पुग्ने भन्दै टिक लगाउनुको अतिरिक्तघरमुलीले भनेकाजाति, भाषा र धर्म समेत टिपोट गरिदिन तथा खुलाइदिन उनीहरुले आग्रह गरेका छन् ।
अध्यक्ष राईको नेतृत्वको प्रतिनिधि टोलीमा महासंघका सल्लाहकार एवम् पूर्व अध्यक्ष सुजेन्द्र गोले तामाङ, जिल्ला उपाध्यक्ष गेल्वु शेर्पा, नगर सचिव हेमराज याक्खा लगायत थिए भने कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकत्रृmषि राई र पत्रकार विकास चाम्लिङ राईको समेत उपस्थिति जनाएका थिए ।
