Uncategorizedसमाचारस्वास्थ्यहेडलार्इन

१ नम्बर प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि


विराटनगर,koshipost.com


१ प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण भएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार ३ सय ६२ जनाको पीसीआर परीक्षण गर्दा २२ र १ सय १५ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको छ । पीसीआर परिक्षणको आधारमा झापामा ९, मोरङमा ७ र सुनसरीमा ६ जनामा संक्रमण देखिएको छ ।


झापाको भद्रपुर, मेचीनगर र बुद्धशान्तिमा २–२, विर्तामोड, गौरादह र दमकमा १–१ जनामा संक्रमण देखिएको छ भने मोरङको विराटनगरमा ४, पथरीशनिश्चरे, रंगेली र बेलबारीमा १–१ जना छन् । यस्तै, सुनसरीको इटहरीमा ४, रामधुनी र धरानमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा थप २२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६ महिला र १६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button