राजनीतिसमाचारहेडलार्इन

तोकेको समयमै स्थानीय तहको चुनाव नभए सरकार विरूद्ध आन्दोलन हुन्छ ः ईश्व पोखरेल

काठमाण्डौं , koshipost.com


तोकेको समयमै स्थानीय तहको चुनाव नभए सरकार विरुद आन्दोलन गर्ने ईश्वर पोखरेलले बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान र कानुनले तोकेको समयमै स्थानीय तहको निर्वाचन नभए सरकारविरूद्ध जनपरिचालन गर्ने चेतावनी दिएका हुन् ।


पाटी निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवस कार्यक्रममा बोल्दै शनिबार काठमाडौंमा उपध्यक्ष पोखरेलले यस्तो बताएको हो । प्रेश चौतारीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले श्रीमानुहरूले बनाएको वर्तमान सरकारले संविधान र कानुन उल्लंघन गर्ने धृष्टता गरिरहेको आरोप समेत लगाए । वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान र कानुनी व्यवस्था अनुसार स्थानीय तहको निर्वाचनको मिति सरकारले घोषणा नगरे त्यसको रक्षाका लागि पनि आफूहरूले सरकारविरूद्ध आन्दोलन गर्ने बताएका हुन् ।


वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘गठबन्धनकारी सरकार छ । यस्तो सरकार जुन सरकार गठन गर्न पार्लियामेन्टले चिनेन, देखेन, थाहा पाएन । श्रीमानहरूले बनाए । श्रीमानहरूले बनाएको सरकार, श्रीमानले बनाएको प्रधानमन्त्री, यस्तो खालको सरकारले संविधानमा किटानी गरिएको व्यवस्थालाई उल्लंघन गर्ने धृष्टता गर्दैछ । कानुनलाई उल्लंघन गर्ने धृष्टता गर्दैछ । संविधानले किटानी गरेको व्यवस्थालाई उल्लंघन गर्ने धृष्टता गर्दैछ। यसको बारेमा बोल्नु पर्छ कि पर्दैन ?’


स्थानीय तहको निर्वाचन कानुन र संविधानले तय गरेको समयमै नभए त्यसको विरूद्धमा देशव्यापी रूपमा जनपरिचालन हुने उनले चेतावनी दिए । वरिष्ठ उपाध्यक्ष पोखरेलले सरकारले संविधान र कानुनविपरीत काम गरे सञ्चार माध्यमहरूले पनि विरोध गर्नुपर्ने बताए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button