समाचारस्वास्थ्यहेडलार्इन

प्रदेश १ २७ औं जनयुद्ध दिवसको अवसरमा धरानमा रक्तदान


धरान,koshipost.com


२७ औं जनयुद्ध दिवसको अवसरमा धरानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र घरान उपमहानगर समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रगत नपाएर अस्पतालमा छट्पटिने विरामीलावई सहयोग पुगोस् भन्ने उद्देश्यले दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।


कोभिड–१९ कोरोना भाईरसका कारण स्वास्थ्य क्षेत्रमा देखिका समस्यलाई समधान होस भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको धरान ३ का पार्टी वडाअध्यक्ष तथा रक्तदान कार्यक्रमको आर्थिक संयोजक मिङ्मा भोटेले जानकारी दिए । रक्तदान कार्यक्रम सोचे भन्दा राम्रो भएको र सोचे भन्दा बढी रगत संकलन भएको संयोजक भोटेले जानकारी दिए ।


१० वर्षे जनयुद्धको बलमा नेपालमा गणतन्त्र, लोकतन्त्र आएको नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य मुक्साम्हाङ मेन्याङबोले बताए । नेपाली जनताको बलीदानीका कारण नेपालमा गणतन्त्र , लोकतन्त्र आएको रक्तदान कार्यक्रममा बोल्दै मेन्याङबोले भने । फरक प्रशंगमा बोल्दै मेन्याङबोले भने नेपालमा अहिले चर्चामा रहेको मिलिनियाम च्यालेज करपुरेशन (MCC) नेपालम पास गर्न नदिने पक्षमा नेकपा माओवादी केन्द्र रहेको छ ।


दिवस कार्यक्रमको अवसरमा शुभकामना दिदै मिलिनियाम च्यालेज करपुरेशन (MCC) नेपालमा पास गर्न नहुने संविधान सभा सदस्य किरण राईले बताए । ‘राज्यलाई वैज्ञानिक समाजवाद तर्फ रुपान्तरण गर्नका निम्ति नयाँ ढंगबाट अघि बढ्न जरुरी छ । साथै विदेशी नाङ्गो हस्तक्षेपको बिरुद्धमा सबै एकजुट भएर काम गर्नु पर्छ ।’ राईले भने


रक्तदान कार्यक्रममा १ सय १४ पिन्ट रगत संकलन भएको छ । संविधान सभा सदस्य किरण राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम गेल्बु शेर्पाको अध्यक्षतामा सम्पन्न भएको थियो । सुवास खवासले संचालन गरेको कार्यक्रममा प्रदेश सांसद उमिता बराईली,नेकपा माओवादी पार्टीका नगर सदरुय फोकाहाङ (चोत्लुङ), ३ नम्बर वडाकाअध्यक्ष मिङ्मा भोटे, यस्तै, धरान उपमहानगरपालिकाका वडा नम्बर १७ का वडाअध्यक्ष मनोज भट्टराई लगायत नेकपा नगर कमिटिका पदाधिकारी र धरानका संचरकर्मीहरुको उपस्थिती रहेको थियो ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button