
तेह्रथुमको,koshipost.com
तेह्रथुमको सदरमुकाम म्याङलुङमा आगलागी भएको छ । आज मंगलबार बिहानै आगलागी भएको हो । म्याङलुङ नगरपालिका(१ केउरेनीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
सुरक्षाकर्मी,स्थानीय र दमकलको सहयोगबाट आगो नियन्त्रणमा भएको जिल्ला प्रहरी तेह्थुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए । आगलागीमा के कति क्षति भयो भन्ने तथ्य आउन बाँकी भएको प्रहरीले जनाएको छ ।